Corona Virus

महिला क्रिकेटरहरुको पनि कोरोना बिमा

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले महिला राष्ट्रिय क्रिकेटरहरुको पनि कोरोना बिमा गराएको छ । क्यानले एक बिज्ञप्ति जारी गर्दै दोश्रो चरणमा १८ जना राष्ट्रिय महिला क्रिकेटरहरुको बिमा गरेको जानकारी दिएको छ ।

केही दिन अघि क्यानले पहिलो चरणमा ५१ जनाको कोरोना बिमा गराएको बताएको थियो । त्यसमा राष्ट्रिय पुरुष क्रिकेट टोली, क्यान कार्यलय पदाधिकारी, ग्राउण्ड स्टाफ र सपोर्ट स्टाफहरु रहेका छन् । क्यनले भदौं १५ भित्र गर्ने भनेर निर्णय गरेको साधारण सभा भने अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।

कोरोनाको संक्रमण बढ्दै गइरहेको र सरकारले निषेधाज्ञा कायमै राखेका कारण साधारण सभा स्थगित गरेको क्रिकेटको सर्वोच्च निकायले जनाएको छ । क्यानले आफ्नो साधारण सभा भैरहवामा गर्नका लागि तयारी गरिरहेको थियो ।

Click to comment

Trending