Headline

मलाई फर्केर बार्सिलोना जानु छ: काउटिन्हो

Published

on

फिलिपे काउटिन्हो बायर्न म्युनिखबाट बार्सिलोना फर्किए पछिको भविष्यलाई लिएर अनिश्चित छन् ।

बायर्नले च्याम्पियन्स लिग उठाएर सिजनको अन्त्य गरेसंगै  काउटिन्हो जर्मन क्लबसँगको लोन मुभ पनि अन्त्य भएको छ । फाइनलमा पेरिस सेन्ट जर्माइन (पिएसजी) लाई १-० ले हराउदै बायर्नले च्याम्पियन्स लिग जितेको थियो ।

ब्राजिलियन मिड्फिल्डर काउटिन्होले बर्सिलोनाबाट अन्तै मोडिने पनि हल्ला सुनिदै आएको छ । पुर्व लिभरपुलका स्टार फेरी पनि प्रिमियर लिग तिर फर्कने सम्भावना पनि बलियो देखिन्छ ।

च्याम्पियन्स लिग फाइनलमा पिएसजी विरुद्ध पनि बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका काउटिन्होले आफु जहाँ खेले पनि २०२०-२१ को सिजनको लागि उत्सुक भएको बताए ।

“मैले यस बारेमा सोचेको छैन । तर म बर्सिलोना फर्कनु पर्छ जस्तो लाग्छ । अर्को बर्ष राम्रो होस् भनेर म कडा परिश्रम गर्ने छु,” उनले भने । “म  बार्सिलोनामै हुन्छु भनेर ठम्याउन भने सक्दिन।”

किके सेटीयन बर्खास्त भएपछि आएका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले पनि काउटिन्होलाई बार्सिलोना फर्काउने इच्छा रहेको बताएका थिए ।

२०१९-२० को सिजन बार्सिलोना उपाधी बिहिन रहन पुग्यो भने काउटिन्होले बायर्नका लागि ट्रेबल जितेका छन् । उनले ट्रेबल मात्र जितेनन्, बार्सिलोनालाई क्वार्टर-फाइनलमा ८-२ हराउदा दुई गोल र एक असिस्ट पनि दिएका थिए ।

फाइनलमा पनि बैकल्पिक खेलाडीकै रुपमा मैदान प्रवेश गरेका उनले गोल नगरे पनि बायर्नले च्याम्पियन्स लिग जितेको थियो ।

काउटिन्होले २०१९-२०२० को सिजनमा ११ गोल र ९ असिस्ट दिएका छन् । २८ बर्षिय उनले बर्सिलोनामा एक सिजनमा ११ गोल र ५ असिस्ट दिए पनि क्लबले उनलाई लोनमा बायर्न पठाएको थियो ।

Click to comment

Trending