राष्ट्रिय

सर्यो क्यानको साधारण सभा

Published

on

नेपाल क्रिकेट संघ (क्यान) ले यसै महिनाको मध्यमा गर्ने भनेको साधारण सभा सर्ने भएको छ ।

क्यानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साधारण सभा सर्ने जनाएको हो । नेपालमा बढ्दो कोरोना भाइरसका कारण साधारण सभा सार्न परेको पनि क्यानले जनाएको छ ।

यस अघि अन्तरास्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँगको सहमती पछि निलम्बनमा परेको क्यानले गत बर्ष साधारण सभा गर्दै नयाँ कार्यसमिति चुनेको थियो । नयाँ कार्यसमिति आए पछि क्यानले आफ्नो बिधान अनुसार साधारण सभा गर्न लागेको थियो ।

यस अघि भैरहवा हुने भनिए पनि अब कहिले साधारण सभा हुन्छ भन्ने क्यानले नखुलाए पनि अर्को सूचना प्रकाशन नगरेसम्मका लागि भनेको छ ।

Click to comment

Trending