Headline

पाँच महिनापछि ब्राजिल लेजेण्ड रोनाल्डिन्हो पाराग्वेमा हिरासत मुक्त

Published

on

फर्जि पासपोर्ट काण्डमा पाराग्वे प्रहरीद्वारा समातिएका ब्राजिलियन लेजेण्ड रोनाल्डिन्हो पाँच महिनापछि मुक्त भएका छन् ।

रोनाल्डिन्होसँगै उनका भाइ तथा व्यवस्थपक रोबर्टो डे आसिस मोरेरालाई पनि प्रहरीले समात्दै जेल चलान गरेको थियो । एक महिनाको जेलपछि उनीहरु पाराग्वेको राजधानी असुन्सियनको एक होटलमा नजरबन्दमा रहेका थिए । ४० बर्षिय रोनाल्डिन्हो जता पनि भ्रमण गर्न सक्छन् तर “एक बर्षको अवधिमा यदि उनले आफ्नो स्थायी ठेगाना परिवर्तन गर्ने हो भने हामीलाई जानकारी गराउनु पर्नेछ,” न्यायधीश गुस्ताभो अमारिल्लाले भने ।

“पाराग्वेको समाजमा पुर्याएको क्षतिको परिपुर्ति गर्ने बाहेक अब उनलाई कुनै पनि बन्देज रहने छैन,” अमारिल्लाले भने । रोनाल्डिन्होले आफ्नो रिहाईको शर्त स्वीकार्दै ९० हजार अमेरिकी डलरको क्षतिपुर्ति दिन राजी भएका छन् भने उनका भाइले १ लाख १० हजार डलर बुझाउनेछन् ।

रोनाल्डिन्हो अब ब्राजिलमा एक बर्षसम्मका लागि हरेक तीन महिनामा न्यायधीशको अगाडी उपस्थित हुने पर्नेछ भने उनका भाइका लागि त्यही प्रावधान दुई बर्षसम्मका लागि कायम गरिएको छ ।

बिपन्न बाल बालिकाहरुको एक कार्यक्रमका लागि २००५ का बालोन डि ओर बिजेता रोनाल्डिन्हो र उनका भाइ मार्च ४ का दिन पाराग्वे आइपुगेका थिए तर उनीहरुलाई भिसा दिइएको भने थिइएन । दुवै जनालाई प्रहरी हिरासतमा राखेर उनीहरु बसेको होटल छानबिन गर्दा फर्जि पासपोर्ट र डकुमेन्टहरुका साथ पाराग्वे आइपुगेको खुलेको थियो ।

यस बिषयले पाराग्वेमा नक्कली राहधानीको कारोबारको अन्य कैयौं मुद्दाहरु बाहिर आएका छन् भने १८ जनालाई हिरासतमा पनि लिइएको छ । ती मध्ये धेरै जसो इमिग्रेसनका पदाधिकारी र प्रहरी अधिकारीहरु रहेका छन् ।

Click to comment

Trending