Headline

हार सहन नसकेपछि हिंसामा उत्रिएका ८३ पिएसजी समर्थक प्रहरी फन्दामा

Published

on

आइतबार रातिको च्याम्पियन्स लिग फाइनलमा बायर्न म्युनिखसँग पराजित भएपछि पेरिस सेन्ट जर्माइन (पिएसजी) समर्थकहरु हिंसामा उत्रदा ८३ जनालाई प्रहरीले पक्राउन गरेको छ ।

पोर्चुगलको लिस्बनमा भएको खेल ठूलो स्क्रिनमा पेरिसको पार्क डेस प्रिन्सेसमा हेर्न भेला भएका झण्डै ५ हजार समर्थक पिएसजी हारेपछि हिंसामा उत्रदै गाडी जलाउदै प्रहरीसँग पनि भिडेका थिए । खेल समाप्त भएपछि च्याम्प एलिसीमा पिएसजीका क्रुद्ध समर्थकहरुले गाडीहरु जलाइदिनुका साथै, घरहरुको सिसा फोड्दै पसलहरुमा पनि तोडफोड गरेका थिए ।

खेल जारी रहदाको पुरै समय भरि पिएसजी समर्थकहरु प्रहरीसँग भिडन्तमा उत्रिएका थिए । पटाकाहरु लिएर बसेका युवा समर्थकहरुलाई प्रहरीले टियर ग्यासको सहयोगमा नियन्त्रणमा लिन परेको थियो ।

सेमिफाइनलमा पनि लाइपजिगलाई ३–० ले हराउदा प्रहरीसँग समर्थकहरु भिडेपछि पेरिसका मेयर एने हिडाल्गोले पिएसजीले बायर्नलाई हराएको खण्डमा परिपक्व रुपमा खुशियाली मनाउन आग्रह गरेका थिए । तर पहिलो पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता जित्ने आशामा रहेका समर्थकहरु सामाजिक दुरीलाई ख्याल नगर्दै प्रहरीसँग भिडेका थिए ।

Click to comment

Trending