Headline

च्याम्पियन्स लिगमा बायर्नको नयाँ किर्तिमान, रियल र बार्सा मात्र अगाडि

Published

on

 

आइतबार राती सम्पन्न फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनलाई १-० ले हराउदै जर्मन क्लब बायर्न म्युनिखले छैठौं पटक च्याम्पियन्स लिगको उपाधी हात पार्यो । यस क्रममा बायर्नले च्याम्पियन्स लिगको इतिहासमा आफ्नो नाम लेखाउन सफल भएको छ ।
 
खेलको ५९ औँ मिनेटमा बायर्नका लागि किङ्स्ले कोमनले हेडिङ गोल गर्दै आफ्नो टोलीलाई छैटौ च्याम्पियन्स लिगको उपाधी मात्र दिलाएनन् च्याम्पियन्स लिगमा ५०० गोल गर्ने रियल म्याड्रिड र बार्सिलोना पछि तेश्रो टोली पनि बन्न सफल भयो ।
च्याम्पियन्स लिग सबैभन्दा धेरै गोल गर्ने क्लबको शिर्ष स्थानमा रियल रहेको छ भने दोश्रो स्थानमा बार्सा रहेको छ । रियलले च्याम्पियन्स लिगमा अहिले सम्म ५६७ गोल गरेको छ भने बार्साको नाममा ५१७ गोल रहेको छ ।
 
बायर्न भन्दा पछाडी चौथों नम्बरमा ३७३ गोल सहित म्यानचेस्टर युनाइटेड रहेको छ भने पाँचौं स्थानमा युभेन्टस छ जसले च्याम्पियन्स लिगमा ३०६ गोल गरेको छ ।     

Click to comment

Trending