Headline

कोमानले जिताए बायर्नलाई च्याम्पियन्स लिग

Published

on

फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनलाई १-० ले हराउदै जर्मन क्लब बायर्न म्युनिखले छैठौं पटक च्याम्पियन्स लिगको उपाधी जितेको छ ।

खेलको पहिलो हाफमा दुवै टोलिले उतिकै मौकाहरु बनाएका थिए। खेलको १९ औँ मिनेटमा पिएसजीका लागि नेमारले गरेको प्रहारलाई बायर्नका गोलरक्षकले म्यानुयल नोएरले उत्कृष्ट बचाउ गरेका थिए । २२ औँ मिनेटमा भने बायर्नका लागि रोबर्ट लेवानडस्कीले गरेको प्रहार पोस्टमा लाग्न पुगेको थियो ।

पहिलो हाफको अतिरिक्त समायमा भने बायर्नका किङ्स्ले कोमानलाई पिएसजीका डिफेन्डरले डिबक्समा लडाए पनि रेफ्रीले भने पेनाल्टी दिन अस्विकार गरेका थिए ।

दोस्रो हाफमा भने बायर्नले आग्रता लिएको थियो । ५९ औँ मिनेटमा बायर्नका लागि किङ्स्ले कोमनले हेडिङ गोल गरेका थिए। जोशुवा किमिचले दिएको पासलाई सदुपायोग गर्दै उनले गोल गरेका थिए । पिएसजीले ७० औँ मिनेटमा बराबरी गर्ने मौका पाए पनि सदुपयोग गर्न सकेन ।

बुन्डेसलिगा र जर्मन कप पहिले नै जितिसकेको बायर्नले च्याम्पियन्स लिग जितेसंगै ट्रेबल हात पारेको छ ।

Click to comment

Trending