Headline

रोनाल्डो भन्छन् मेस्सीले बार्सिलोना छोड्न असम्भव छ

Published

on

बार्सिलोना स्टार खेलाडी लियोनल मेस्सीले २०२०-२०२१ को सिजन अगाडि बार्सिलोना छोड्न असम्भव रहेको ब्राजिलियन लेजेण्ड रोनाल्डोले बाताएका छन् ।

बायर्न म्युनिखसँगको अपमानजनक हारपछि च्याम्पियन्स लिगबाट बहिरिदा बार्सिलोनाले आफ्नो व्यवस्थापनमा मुख्य परिवर्तन ल्याएको छ । म्युख प्रशिक्षक किके सेटियन र खेल-निर्देशक एरिक अबिदाललाई बर्खास्त गर्दै बर्सिलोनाले उक्त दुई स्थानमा क्रमशः रोनाल्ड कोमन र रमोन प्लेन्सलाई ल्याएको थियो । बार्सिलोनाले अध्यक्षका लागि निर्वाचन पनि मार्चमा गर्नका लागि कुरा अघि बढाएको छ ।

केही स्पेनिस संचार माध्यमहरुका अनुसार मेस्सी बाहेक पहिलो टोलीका स्टार खेलाडी जोर्डी अल्बा र सर्जियो बुस्केटलाई पनि बायर्नसँगको ८-२ को हार पछि बिक्रीमा राखिएको छ ।

तर ६ पटकका बालोन डि ओर बिजेता मेस्सी भने रोनाल्ड कोमन आए पनि आफ्नो भविष्य क्याम्प नोउबाट टाढा भएको मान्छन् ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता २०२०–२१ को सिजनमा समाप्त हुदैछ । तर क्लबका पुर्व स्ट्राइकर र अर्को ला लिगा क्लब रियल भालाडोलिडको मालिक पनि रहेका रोनाल्डोले कोरोना भाईरसका कारण क्लबहरुलाई आइपरेको अर्थिक संकटका कारण मेस्सीले बर्सिलोना छोड्न असम्भव भएको बताए ।

“पुरा युरोपनै अर्थिक संकटमा गुज्रिरहेको बेला यो समयमा मेस्सीले बार्सिलोना छोड्ने सम्भावना छैन,” रोनाल्डोले भने । “म बार्सिलोनामा भएको भए मेस्सीलाई कुनै हालतमा पनि क्लब छोड्न नदिने थिए ।”

“च्याम्पियन्स लिगमा पराजिन नै भए पनि मेस्सी र बर्सिलोना बिच गहिरो सम्बन्ध छ। तर मलाई मेस्सीले बर्सिलोनालाई माया गर्न छोड्ने छन् जस्तो लागदैन। बार्सिलोनालाई मेस्सी चाहिन्छ र मेस्सीलाई बर्सिलोना। क्लबले आफ्नो मुख्य खेलाडीलाई छोड्नु समाधान होइन,” पुर्व रियल म्याड्रिड स्टारले बताए ।

Click to comment

Trending