Headline

म्यानचेस्टर सिटीका एन्जेलिनो ताक्दै बार्सिलोना

Published

on

स्पेनिस महारथी बार्सिलोनाले म्यानचेस्टर सिटीका डिफेन्डर एन्जेलिनो माथि रुची देखाएको छ ।

२३ बर्षिय स्पेनिस लेफ्ट-ब्याक भर्खरै आरबी लाइपजिगसँगको ६ महिने लोन सक्काएर सिटी फर्किएका छन् । एन्जेलिनो सम्मिलित लाइपजिग च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको थियो ।

उनी २०१४ मा सिटी पुगेका थिए । २०१८ मा भने डच क्लब पिएसभी आइन्डहोभनमा लोनमा पुगेका उनलाई पिएसभीले ५ दशमलव ३ मिलियन पाउण्डको खरिद मुल्य समेत तिरेको थिएन । एन्जेलिनोले सिटीका लागि १२ खेल खेली सकेका छन् ।

लाइपजिगले सिटीलाई २७ मिलियन पाउण्डमा एन्जोलिनो राख्ने प्रस्ताव गरे पनि सिटीले भने त्यो प्रस्ताव मानेको थिएन । सिटीले बर्सिलोनालाई एन्जोलिनो ३५ देखी ४० मिलियन सम्ममा बेच्ने अनुमान गरिएको छ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन कल्ब बायर्न म्युनिखसँगको ८-२ को लजास्पद हार पछी किके सेटियनलाई बर्खास्त गरेपछि आएका नयाँ प्रशिक्षक रोनाल्ड कोमनले टोलीलाई पुनः आकार दिन खोजिरहेका छन् ।

Click to comment

Trending