Headline

इतिहास रच्न म पिएसजी आएको हो : एम्बाप्पे 

Published

on

स्टार स्ट्राइकर कियलिन एम्बाप्पेले इतिहास रच्नका लागि नै आफु पेरिस सेन्ट जर्माइन (पिएसजी) आएको बताएका छन् । बायर्न म्युनिखसँगको च्याम्पियन्स लिगको फाइनल खेल अघि पत्रकार भेटघाटमा एम्बाप्पेले यस्तो धारणा राखेका हुन् ।

आरबी लाइपजिगलाई सेमिफाइनलमा ३-० ले पराजित गर्दै पिएसजीले फाइनलमा बायर्नसँगको भेट पक्का गरेको थियो । पिएसजी क्लबकै इतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको हो ।

यस अघि सन् २०१७ मा मोनाकोमा रहँदा च्याम्पियन्स लिगको सेमीफाइनल खेलेका एमबाप्पेले क्वार्टर-फाइनल  र सेमीफाइनलमा पिएसजीको जितमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस क्रममा फ्रेन्च स्ट्राइकर गोलिगाठोको चोटबाट फर्किएका थिए ।

“मैलें पहिले देखि भन्दै आएको छु कि म फ्रेन्च फुटबलमा इतिहास लेख्न चाहन्छु । यसका लागि अर्को एउटा अवसर आएको छ र त्यो अवसर च्याम्पियन्स लिगको फाइनलमा पुरा हुनेछ,” एम्बाप्पेले भने ।

“मैले सन् २०१७ मा पिएसजीमा आवद्ध हुँदा क्लबमा धेरै कठिनाई थियो । तर हामी अहिले फाइनलमा पुग्न सफल भएका छौ ।  यसले के देखाउँछ भने हामी कहिले पनि हार मान्दैनौं । हामी उत्कृस्ट प्रदर्शन गर्दै फ्रेन्च टोलीले च्याम्पियन्स लिग जित्ने इतिहास बनाउन आतुर छौँ । यसका लागि मैलें पिएसजीसँग सम्झौता गरेको हो ।”

“म सधैं विश्वका राम्रा खेलाडीहरुको सामना गर्ने सपना देख्दथे । सबैको इच्छा भनेको राम्रो खेलाडी र टोलीको सामना गर्दै उनीहरुलाई पराजित गर्ने  हुन्छ । यस अघि गरेको जस्तै प्रदर्शन गरेर पेरिस ट्रफी सहित जान चाहन्छौं । यो सबैभन्दा ठुलो क्लब प्रतियोगिता हो ।”

एम्बाप्पेले कोरोनाका कारण बन्द रंगशाला भित्र खेल्न केहि कठिनाई भएको पनि जनाए । पिएसजीका समर्थकहरुले रंगशालामा नै उपस्थित भएर आफ्नो टोलीलाई समर्थन गर्न नसकेकोमा पनि आफ्नो टोलीलाई सधैं समर्थन गर्ने पनि जनाए ।

Click to comment

Trending