Headline

‘मेड इन जर्मन’ फाइनलमा महारथी बायर्न नयाँ पुस्ताको पिएसजिसँग भिड्दै

Published

on

पोर्चुगलको लिस्बन स्थित इस्टेडियो डा लुजमा च्याम्पियन्स लिग फाइनल खेलिदै छ । सोमबार पाँच पटकको च्याम्पियन्स लिग बिजेता बायर्न म्युनिख र पहिलो पटक फाइनलमा स्थान बनाएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) भिड्दै छन् ।

यि दुई टोलीले एक-अर्कासँग आठ पटक खेलीसकेका छन् । जस्मा पिएसजीले पाँच पटक खेल आफ्नो नाममा गरेको छ भने बायर्नले बाँकीको तीन खेल जितेको छ।

सोमबार हुने फाइनललाई च्याम्पियन्स लिग ईतिहासकै सबै भन्दा अनौठो खेल मानिने छ । युएफाका कर्मचारी, संचारकर्मी, ब्रोड्कस्टिङ च्यानल, रेफ्रीहरु र दुवै क्लबका कर्मचारी र खेलाडी बाहेक यो खेलमा अन्य कोही उपस्थित हुने छैनन् ।

दुवै टोलीलाई यही किसिमले खाली रङशालामा फाइनल हुँदा घाटा र फाईदा दुवै देखिन्छ। अन्तिम १६ का खेलहरु देखि नै दर्शक बिना खेल्दै आएको पिएसजीले आरबी लाइपजिगलाई र बायर्नले लायोनलाई सेमिफाइनलमा ३-० ले हराउदै आरामका साथ फाइनल प्रवेश गरेको थियो ।

तर फाइनल खेल भने युरोपको ताजको लागि लडिने छ । दुवै टोलीको आँखा च्याम्पियन्स लिग जित्दै ‘ट्रेबल’ जित्नेमा हुने छ।

ईतिहासमा एक नयाँ उपलब्धिका लागि यि दुई टोली भिड्दै छन् । बायर्नले यो प्रतियोगिता जित्नु भन्दा पनि फाइनलमा त्यो भन्दा बढी हार बेहोरेको छ । पिएसजी भने आफ्नो पहिलो युरोपियन उपाधि जित्ने दाउमा हुने छ ।

पिएसजीले च्याम्पियन्स लिगको निराशाको बारेमा अनुभाव गरिसकेको छ । २०१५ मा बर्सिलोनासँग ५-१ ले हार्दै पिएसजीले नमिठो हार बेहोर्न पुगेको थियो । बायर्नका लागि भने २०१२ मा आफ्नै घरमा चेल्सीले उसलाई हराउदै च्याम्पियन्स लिग जितेको क्षण ठुलो निराशाको अनुभव हो ।

तर फाइनल खेलमा भने बितेका यि नैराश्यताहरुलाई भुल्दै दुवै टोलीले उत्कृष्ट लय कायम राखेका कारण खेल निकै रोमान्चक हुने आशा राखिएको छ ।

पिएसजीका लागि नेमार, किलियन एम्बाप्पे र एन्जल डि मारियाको आक्रमक खेल निकै महत्वपूर्ण हुने छ । बायर्नमा हेर्ने हो भने एकै सिजनमा क्रिस्टियानो रोनाल्डोको १७ गोलको किर्तिमान तोड्नका लागि १४ गोल गर्दै तयारी अवस्थामा बसेका रोबर्ट लेवानडोस्कीको खेल धेरैले नजिकबाट नियाल्ने छन् । बायर्नका लागि यो खेलमा युवा खेलाडीहरु नै प्रमुख हतियार हुनेछन ।

हरेक खेलमा ३० किलोमिटर प्रतिघण्टा सम्म कुद्न सक्ने अल्फोन्सो डेभिज र आफ्नो तिब्र गतिले डिफेन्डरहरुलाई छ्लाऊदै गोल गर्न सक्ने एम्बाप्पे बिच कडा प्रतिस्पर्धा हुने छ । यि दुई खेलाडी मात्र हैन दुवै टोलीका प्रशिक्षक बीच  को उत्कृष्ट जर्मन प्रशिक्षक भन्ने बिषयले पनि खेल रोमान्चक हुने आशा गरिएको छ । बायर्नका हान्सी फ्लिक र पिएसजीका थोमस टुचेल दुवै जर्मन प्रशिक्षक हुन ।

यसै कारण यो खेललाई ‘मेड इन जर्मन’ फाइनल पनि भन्न सकिने छ ।

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ।

Click to comment

Trending