लेख

गुयाना बिरुद्ध सन्दिपको उत्कृस्ट बलिङ, आठ रन खर्चिएर दुई विकेट 

Published

on

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले उत्कृस्ट बलिङ प्रदर्शन गरेका छन् ।

गुयाना एम्याजन वारियर्स बिरुद्धको खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै मात्र आठ रन खर्चिएर दुई विकेट हात पारेका छन् ।

सन्दिपले आफ्नो दोश्रो ओभरको दोश्रो बलमा नौं बलमा छ रन बनाएका शेर्फान रुथरफोर्डको तथा चौथों ओभरको चौथों बलमा दुई रन बनाएका कप्तान क्रिस ग्रिनलाई बोल्ड गर्दै विकेट हात पारेका हुन् ।

सन्दिपले आफ्नो पहिलो ओभरमा दुई, दोश्रो ओभरमा एक, तेश्रो ओभरमा तीन र चौथों तथा अन्तिम ओभरमा एक वाइड सहित दुई रन खर्चिए ।

आजको खेलमा जमैकाका तल्वाजका कप्तान रोभमन पावेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।

दुई खेल खेलेको जमैकाले एकमा जित निकालेको छ भने अर्कोमा हारको सामना गरेको छ । जमैकाले आफ्नो पहिलो खेलमा सेन्ट लुसिया जुक्स माथि पाँच विकेटको सहज जित हात पारेको थियो भने दोश्रो खेलमा ट्रिनबागोका नाइट राईडर्स बिरुद्ध सात विकेटको हार व्यहोरेको थियो ।

सन्दिपले यस अघि खेलेका दुई खेलमा दुई विकेट आफ्नो नाममा दर्ता गराएका थिए । पहिलो खेलमा सेन्ट लुसिया जुक्स बिरुद्द २३ रन खर्चिएर एक विकेट हात पारेका सन्दिपले दोश्रो खेलमा महँगो साबित हुँदै ३० रन खर्चिएर एक विकेट नै लिएका थिए ।

Click to comment

Trending