अन्तर्राष्ट्रिय

नाबी नायक बन्दा जुक्सको लगातार दोश्रो जित 

Published

on

मोहम्मद नाबी लगातार दोश्रो खेलमा नायक बन्दा सेन्ट लुसिया जुक्सले सेन्ट किट्स एण्ड नेभिस प्याट्रिअट्स माथि १० रनको रोमान्चक जित हात पारेको छ । तेश्रो खेलमा जुक्सको यो लगातार दोश्रो जित हो ।

जुक्सले दिएको १७३ को विशाल लक्ष्य लिएर ब्याटिङमा आएको प्याट्रिअट्सले पुरै २० ओभर खेल्दै आठ विकेटको नोक्सानीमा १६२ रन मात्र बनाउन सक्यो ।

प्याट्रिअट्सको तर्फबाट दिनेश रामदिनले सर्वाधिक ४६ तथा ११ औं नम्बरमा ब्याटिङ गर्न आएका शेल्डनले ११ बलमा तुफानी २६ रन बनाए पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् ।

जुक्सलाई १० रनको रोमान्चक जित दिलाउने क्रममा स्कट कग्गेलेइजले सर्वाधिक चार विकेट र रोस्टन चेजले तीन विकेट लिए भने मोहम्मद नाबीले पनि एक विकेट हात पारे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जुक्सले २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १७२ रनको विशाल योगफल तयार गर्यो ।

जुक्सको लागि ओपनर एन्ड्रयु फ्लेचरले सर्वाधिक ४६ रन जोडे भने खेलको म्यान अफ द म्याच घोषित नाबीले २२ बलमा एक चौका र तीन छक्काको मद्धतमा तुफानी ३५ रनको पारी खेले ।

प्याट्रिअट्सका जोन-रस जगेसर र शोहेल तन्बिरले सामना २-२ विकेट हात पारे ।

Click to comment

Trending