अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड बिरुद्धको ट्वान्टी ट्वान्टी शृंखलाका लागि पाकिस्तानी टोलीको नाम सार्वजनिक 

Published

on

पाकिस्तान क्रिकेट टोलीका मुख्य प्रशिक्षक मिस्बाह उल हकले इंग्ल्यान्ड बिरुद्धको तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलाका लागि १७ सदस्यिय टोलीको नाम सार्वजनिक गरेका छन् ।

अघिल्लो बर्ष कप्तानी गुमाए पछि टोलीमा पनि स्थान बनाउन नसकेका सर्फराज अहमदले पनि टोलीमा स्थान बनाएका छन् भने अनुभबी खेलाडीहरु मोहम्मद हफिज र शोएब मलिकलाई पनि टोलीमा समावेस गरिएको छ ।

पाकिस्तान सुपर लिगमा सर्वाधिक रन बनाउने खेलाडीको सुचीमा बाबर आजम र शदाब खान पछि तेश्रो नम्बरमा रहेका शान मसूदलाई भने टोलीमा समावेस गरिएको छैन । उनले घरेलु टोली इंग्ल्यान्ड बिरुद्ध जारी टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्टको पहिलो पारीमा १५६ रनको विशाल पारी खेलेका थिए ।

पाकिस्तान र इंग्ल्यान्ड बीचको ट्वान्टी ट्वान्टी शृंखला अगस्ट २८ तारिखबाट सुरु हुनेछ । म्यानचेस्टरमा हुने तीन शृंखलाको दोश्रो खेल अगस्ट ३० र तेश्रो तथा अन्तिम खेल सेप्टेम्बर १ तारिखमा हुनेछ ।

पाकिस्तानी टोली : – बाबर आजम (काप्तन), फकार जमान, हैदर अली, ह्यरिस रौफ, इफ्तिखार अहमद, इमाद वासिम, खुशदिल शाह, मोहम्मद हफिज, मोहम्मद हस्नाइन्, मोहम्मद रिजवान, मोहम्मद आमिर, नसिम शाह, सर्फराज अहमद, शदाब खान, शाहिन अफ्रिदी, शोएब मलिक, वाहब रियाज

Click to comment

Trending