Headline

युनाइटेडका कप्तान मारपिट गरेको आरोपमा ग्रिक प्रहरीको नियन्त्रणमा

Published

on

म्यानचेस्टर युनाइटेडका कप्तान तथा इङ्गल्याण्ड फुटबलर मारपिट गर्नुका साथै प्रहरीमाथि आक्रमण गरेको आरोपमा ग्रिसमा पक्राउ परेका छन् ।

मग्वायर छुट्टी मनाउनका लागि ग्रिसको पर्यटकीय द्विप माइकोनोसमा साथीहरुसँग रहेका छन् । शुक्रबार राति भएको घटनालाई लिएर म्यानचेस्टर युनाइटेड जानकार रहेको एक बिज्ञप्तिमा लेखेको छ । ह्यारीसँग सम्पर्क भएको छ र उनले अनुसन्धानका लागि ग्रिक प्रहरीलाई सहयोग गरिरहेका छन् । यो भन्दा बढी अहिले हामी केही भन्न सक्दैनौं, युनाइटेडले लेखेको छ ।

ग्रिसको द्विप समुहको राजधानी साइरोसका एक प्रहरी अधिकारीले झगडा गरेका तीन ब्रिटिसरहरु मध्ये एक क्लब खेलाडी रहेको बताएका छन् । उनीहरुलाई पक्राउका गर्ने क्रममा रोक्न खोजेको र अपमानजक गाली गर्दै प्रहरीलाई धम्की दिएको आरोप पनि लागेको छ ।

दुई समुहबीच झगडा शुरु भएपछि माइकोनोस प्रहरीलाई बोलाइएको बताइएको छ । ब्रिटिस पर्यटकहरुबीच नै एक बारको बाहिर भएको झगडामा मग्वायर उनका भाई र अर्का एक साथी पनि संलग्न रहेको ग्रिक सञ्चार माध्यमहरुले जनाएका छन् । पक्राउ परेर नियन्त्रण लिने क्रममा उनीहरुले भाग्ने प्रयास समेत गरेका थिए ।

Click to comment

Trending