Headline

मेस्सीले कोमनलाई भने ‘मेरो भबिष्य बार्सिलोना भन्दा बाहिर छ’ 

Published

on

स्टार खेलाडी लियोनेल मेस्सीले केहि दिन अघि मात्र नियुक्त भएका नयाँ प्रशिक्षक रोनाल्ड कोमनलाई आफ्नो भबिष्य बार्सिलोना भन्दा बाहिर रहेको बताएको क्याटलन रेडियो आरएसी-१ ले जनाएको छ ।  

आरएसी-१ ले जनाए अनुसार च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेलमा ८-२ गोल अन्तरले पराजित भए पछि छुट्टी मनाउन गएको र कोमनलाई भेट्नका लागि उनले आफ्नो छुट्टी घटाएर बार्सिलोना आएका थिए । मेस्सीले कोमनलाई क्लबका अध्यक्ष योसेप मारिया बार्तोमु प्रति बिश्वास नरहेका कारण आफ्नो भविष्य बारेमा सोचेको आरएसी-१ ले जनाएको छ ।

मेस्सीले कोमनलाई ‘आफु क्लब भित्र भन्दा पनि बाहिर’ रहेको आरएसी-१ ले आफ्नो समाचारमा बताएको छ । पछिल्लो समय मेस्सीको क्लबसँगको सम्बन्ध राम्रो नरहेको र उनले क्लब छाड्ने हल्ला चल्न थालेको छ ।

युरोपको सबैभन्दा सशक्त टोलीबिरुद्ध बार्सिलोनाको बिगतका असफलताहरुलाई लुकाउन जिम्मेवारी लियोनल मेस्सी एक्लैलाई दिइएको थियो । मेसीले बारम्बार हामी राम्रो छैनौं भन्दै आइरहदा बायर्नसँगको हारले बार्साको टोली अब त्यही लयमा खेल्न नसक्ने कुरालाई स्पष्ट नै पारिदिएको छ । मेस्सीले टोलीमा अब त्यो धार नरहेको फेब्रुवरीमा भन्दै आइरहेका थिए, र जुलाईमा पनि । 

३३ वर्षिया मेस्सीले बार्सिलोना छाडेको खण्डमा कुन क्लब जानेछन् भन्ने पनि चर्चा सुरु भएको छ । तर मेस्सीलाई क्याम्प नाउ छाडेर अन्यत्र जान सहज भने हुने छैन । उनको बार्सासँगको सम्झौता आगामी सिजनको अन्त्य सम्म रहेको छ र उनलाई अन्य क्लबले अनुबन्ध गर्न चाहेको खण्डमा सात सय मिलियन युरो खर्च गर्न पर्ने हुन्छ ।

Click to comment

Trending