Headline

क्लिन्सम्यानका छोरा मेजर लिग सकर क्लबमा

Published

on

पुर्व जर्मनी र अमेरिकाका प्रशिक्षक योर्गन क्लिन्सम्यानका छोरा जोनाथनले मेजर लिग सकर क्लब एलए ग्यालेक्सीसँग अनुबन्धित भएका छन् ।

२३ बर्षिय गोलकिपर जोनाथनले बुन्डेसलिगा टोली हर्था बर्लिनमा २०१७ देखि २०१९ सम्म दुई सिजन बिताएका थिए भने त्यसपछि स्विस टोली सेन्ट ग्यालेनबाट पनि खेलेका थिए । उनले अमेरिकाको उमेर समुहको टोलीका लागि पनि खेलिसकेका छन् ।

म्युनिखमा जन्मिएका जोनाथन, क्लिन्सम्यानले २०११ देखि २०१६ सम्म अमेरिकी राष्ट्रिय टोली सम्हाल्दा दक्षिणी क्यालिफोर्नियामा हुर्किएका थिए । क्लिन्सम्यानले जर्मनीका लागि बिश्वकप जितेका थिए ।

जर्मनी, स्विट्जरल्याण्ड र जर्मनीमै राम्रो अनुभव बटुलेका जोनाथन उत्कृष्ट युवा गोलकिपर हुन् । उनी ग्यालेक्सीबाट खेल्दै राम्रो प्रगति गर्न सक्छन्, ग्यालेक्सीका प्रशिक्षक गुलेर्मो बारोस सेलोट्टोले भने ।

Click to comment

Trending