राष्ट्रिय

महँगो साबित भएका सन्दिपको नाममा एक विकेट 

Published

on

क्यारेबियन प्रिमियर लिग अन्तर्गत ट्रिनबागोका नाइट राईडर्स बिरुद्धको खेलमा नेपाली रास्ट्रिय टोलीका लेग स्पिनर सन्दिप लामिछाने महँगो साबित हुँदै एक विकेट हात पार्न सफल भएका छन् ।

चार ओभर बलिङ गरेका सन्दिपले ३० रन खर्चिएर एक विकेट हात परेका हुन् । उनले तुफानी पारी खेल्दै ३८ बलमा ५३ रन बनाएका सुनिल नारायणको विकेट लिएका हुन् ।

पहिलो ओभर मात्र दुई रन खर्चिएका सन्दिपले बाँकी तीन ओभरमा २८ रन खर्चिए । सन्दिपको दोश्रो ओभरमा ११ रन, तेश्रो ओभरमा सात रन तथा आफ्नो अन्तिम ओभरमा १० रन खर्चिएका हुन् ।

सन्दिपको पहिलो ओभरमा सुनिल नारायणले दुई सिङ्गल मात्र निकाल्न सके भने बाँकी चार बलमा कुनै पनि रन जोड्न सकेनन् ।

सन्दिपको दोश्रो ओभरको पहिलो र दोश्रो बलमा कोलिन मुन्रोले क्रमश दुई तथा एक रन लिए भने तेश्रो बलमा छक्का प्रहार गरे । चौथों बलमा मुन्रोले एक सिङ्गल लिए पछि स्ट्राइकमा आएका नारायणले पाँचौं बलमा ठुलो सट खेल्ने प्रयासमा सन्दिपलाई विकेट दिए । सन्दिपको अन्तिम बलमा मुन्रोले फेरी एक रन लिन भ्याए ।

सन्दिपको तेश्रो ओभरको दोश्रो बलमा ड्यारेन ब्राभोले एक चौका प्रहार गरे भने तेश्रो, छैठौं र पाँचौं बलमा क्रमश ब्राभो र मुन्रोले १-१ सिङ्गल लिन सफल रहे । तेश्रो ओभरको पहिलो बल तथा चौथों बलमा भने सन्दिपले कुनै रन खर्चिएनन् ।

सन्दिपको आफ्नो अन्तिम ओभरको दोश्रो बलमा मुन्रोले चौका प्रहार गरे भने तेश्रो बलमा कार्लोस ब्र्याथवेटले सहज क्याच छुटाउँदा मुन्रोले दुई रन लिन भ्याए ।

यस अघि सेन्ट लुसिया जुक्स बिरुद्दको आफ्नो पहिलो खेलमा सन्दिपले चार ओभर बलिङ गर्दै २३ रन खर्चिएर एक विकेट हात पारेका थिए । सन्दिपले आफ्नो चौथों तथा अन्तिम ओभरको दोश्रो बलमा नाजिबुल्लाह ज़द्रानको विकेट लिएका थिए ।

Click to comment

Trending