अन्तर्राष्ट्रिय

सिपीएल : नाबीको अलराउण्ड प्रदर्शनमा सेन्ट लुसिया विजयी 

Published

on

मोहम्मद नाबीको अलराउण्ड प्रदर्शनमा क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत गत राती सम्पन्न खेलमा सेन्ट लुसिया जुक्सले बार्बाडोस ट्रिडेन्ट माथि डकवर्थ लुइस नियम अनुसार सात विकेटको रोमान्चक जित हात पारेको छ ।

खेलमा वर्षा बाधक बने पछि पाँच ओभरमा ४७ रनको लक्ष्य पाएको सेन्ट लुसियाले चार दशमलब एक ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

सेन्ट लुसियाको जितमा ओपनर आन्द्रे फ्लेचरले सर्वाधिक १६ रन बनाए भने खेलको म्यान अफ द म्याच घोषित नाबीले छ बलमा समान १-१ चौका र छक्काको मद्धतमा १६ रनको आक्रमक पारी खेले ।

बार्बाडोसका रशिद खानले दुई विकेट हात पारे पनि आफ्नो टोलीलाई जित भने दिलाउन सकेनन् ।

यस अघि खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले १८ दशमलब एक ओभरमा सात विकेट गुमाएर १३१ रन बनाएको अवस्थामा वर्षा सुरु भएको थियो ।

बार्बाडोसका ओपनर जोनसन चार्ल्सले आक्रमक पारी खेल्दै १९ बलमा सर्वाधिक ३५ रन जोडे भने कप्तान जेसन होल्डरले पनि १२ बलमा २७ रनको तुफानी पारी खेले ।

सेन्ट लुसियाका स्कट कग्गेलेइज र रोस्टन चेजले २-२ विकेट हात पारे भने नाबीले पनि एक विकेट हात पारे ।

 

Click to comment

Trending