Headline

१७ बर्षिय फाती पहिलो पटक स्पेनको सिनियर टोलीमा

Published

on

स्पेनका प्रशिक्षक लुईस एन्रिकेले बार्सिलोनाका १७ बर्षिय फर्वार्ड अन्सु फातिलाई पहिलो पटक स्पेनको सिनियर टोलीमा स्थान दिएका छन् ।

गिनी–बिसौंमा जन्मिएका टिनएजर फाति बार्सिलोनाका लागि उत्कृष्ट खेलाडी साबित भइसकेका छन् भने क्याटलन क्लबका लागि सबैभन्दा कम उमेरमा गोल गर्ने खेलाडी पनि बनिसकेका छन् । उनले यो सिजन बार्सिलोनाका लागि ३३ खेलमा ८ गोल गरेका थिए ।

युएफा नेसन्स लिग अन्तर्गत स्पेनले सेप्टेम्बरमा जर्मनी र युक्रेनसँग खेल्न गइरहेको छ । “फातीसँग हाम्रो टोलीका लागि खेल्ने राम्रो क्षमता रहेको छ । तथ्यांक मात्रै हेर्ने हो भने पनि उनी प्रत्येक मिनेट अनुसारको गोल गर्ने अनुपातमा मेस्सी भन्दा मात्र पछाडी रहेका छन्,” एन्रिकेले भने । “टिमको महत्वपूर्ण खेलाडी बन्नका लागि उनीसँग सबै छ ।”

यो पनि पढ्नुहोसः बार्साका नयाँ स्टार अंशु फातीबारे ७ रोचक तथ्य

गत जुनमा क्यान्सरको कारण आफ्नो छोरी जानाको मृत्यु हुनुअघि राजीनामा गरेका एन्रिके नोभेम्बरमा पुन प्रशिक्षकको रुपमा फर्किएका थिए । स्पेनको टोलीमा एन्रिकेले उल्भ्सका अडामा ट्राओरे, म्यानचेस्टर सिटी डिफेण्डर फेर्रान टोरेस र सेभियाका सर्जियो रेगिलोलाई पनि मौका दिएका छन् ।

बार्सिलोनाका जोर्डी अल्बा र एट्लेटिको म्याड्रिडका सउल निगेज भने टिममा परेनन् । सेप्टेम्बर ३ मा जर्मनीमा खेल्ने स्पेनले तीन दिनपछि युक्रेनलाई घरेलु मैदानमा स्वागत गर्नेछ । कोरोना भाइरस महामारीका कारण दुवै खेल बन्द रँगशालामा हुनेछ ।

Click to comment

Trending