Headline

प्रिमियर लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल र लिड्स भिड्ने

Published

on

च्याम्पियन लिभरपुलले इङ्गलिस च्याम्पियनसिप बिजेता लिड्स युनाइटेडसँग खेल्दै यही सेप्टेम्बर १२ मा शुरु हुने अर्को सिजनको इङ्गलिस प्रिमियर लिगको शुरुवात गर्ने भएको छ ।

इङ्गलिस फुटबल एशोसिएसनले बिहिबार नयाँ सिजनको तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरसका कारण अघिल्लो सिजन तीन महिना रोकिन पुग्दा नयाँ सिजनका लागि निकै कम समयको बिश्राम राखिएको छ ।

तलिका अनुसार च्याम्पियनसिप प्ले अफ बिजेता फुलह्यामले आर्सनलसँग क्रेभन कटेजमा खेल्नेछ भने प्रिमियर लिगमा उत्रिएको तेश्रो टोली वेस्टब्रोमले लेस्टर सिटीसँग खेल्ने कार्यक्रम रहेको छ ।

म्यानचेस्टर सिटीबिरुद्ध एस्टन भिल्ला र म्यानचेस्टर युनाइटेडबिरुद्ध बर्नलीका खेलहरु भने नयाँ मितिमा गरिने भएको छ । सिटी च्याम्पियन्स लिग र युनाइटेड युरोपा लिगमा व्यस्त भएकाले उनीहरुले खेलेको समयभन्दा ३० दिनपछि मात्र प्रिमियर लिग खेल्नको लागि समय दिइएको हो ।

युरोपियन प्रतियोगिताहरुबाट चाडै नकआउट भएकाले चेल्सी र उल्भ्सको खेलहरु भने १४ सेप्टेम्बरको लागि तय गरिएको छ । चेल्सीले आफ्नो पहिलो खेलमा ब्राइटन र उल्भ्सले सेफिल्ड युनाइटेडको सामना गर्नेछ । खेलहरुको समय भने टेलिभिजन प्रशारण अधिकार तय भएपछि सार्वजनिक गरिने इङ्गलिस एफएले जनाएको छ ।

Click to comment

Trending