Headline

लेवानडोस्कीको नाममा नयाँ किर्तिमान, मेस्सीलाई पछि पार्दै रोनाल्डोसँग बराबरी 

Published

on

बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवानडोस्कीले च्याम्पियन्स लिग अन्तर्गत लायोनबिरुद्धको खेलमा आफ्नो नाममा नयाँ किर्तिमान कायम गरेका छन् ।

लायोनसँगको खेलको ८८ औं मिनेटमा गोल गर्दै लेवानडोस्कीले यस सिजनको च्याम्पियन्स लिगमा आफ्नो गोल संख्या १५ पुर्याए र च्याम्पियन्स लिगको एकै सिजन धेरै गोल गर्ने खेलाडीको किर्तिमानमा लियोनेल मेस्सीलाई पछि पार्दै रोनाल्डोसँग बराबरी गर्न पुगे ।

तर रोनाल्डोले दुई सिजन लेवानडोस्कीको भन्दा धेरै गोल गरेका छन् । एकै सिजन सर्वाधिक गोल गर्ने किर्तिमानको शिर्ष दुई स्थानमा रोनाल्डो नै छन् । रोनाल्डोले २०१३-१४ को सिजनमा १७ गोल गरेका थिए भने २०१५-१६ को सिजनमा १६ गोल गरेका थिए ।

त्यस्तै तेश्रो नम्बरमा लेवानडोस्की र रोनाल्डो रहेका छन् र दुबैले समान १५-१५ गोल गरेका छन् । तर फाइनल खेल्न बाँकी रहेका कारण लेवानडोस्कीले रोनाल्डोको किर्तिमान भंग गर्नका लागि अझै एक अवसर बाँकी रहेको छ ।

पोलिस लेवानडोस्कीले च्याम्पियन्स लिगको सेमीफाइनलमा आफ्नो टोलीलाई ३-० को सहज जीत दिलाउने क्रममा तेश्रो तथा अन्तिम गोल गरेका थिए । यससंगै उनले सबै प्रतियोगितामा गरेर यस सिजन आफ्नो गोल संख्या ५५ पुर्याएका छन् ।

त्यस्तै लेवानडोस्कीले च्याम्पियन्स लिगको लगातार नवौं खेलमा गोल गर्दै आफ्नो नाममा अर्को किर्तिमान पनि लेखाउन सफल भएका छन् । रोनाल्डोले २०१८ मा लगातार ११ खेलमा तथा म्यानचेस्टर युनाइटेडका रुड भान निस्टलरोयले सन् २००३ मा लगातार नौं खेलमा गोल गरेका थिए ।

 

च्याम्पियन्स लिगको एकै सिजनमा धेरै गोल गर्ने १० खेलाडी

     खेलाडी सिजन क्लब गोल
क्रिस्टियानो रोनाल्डो २०१३-१४ रियल म्याड्रिड १७
क्रिस्टियानो रोनाल्डो २०१५-१६ रियल म्याड्रिड १६
क्रिस्टियानो रोनाल्डो २०१७-१८ रियल म्याड्रिड १५
रोबर्ट लेवानडोस्की २०१९-२० बायर्न म्युनिख १५*
लियोनेल मेस्सी २०११-१२ बार्सिलोना १४
लियोनेल मेस्सी २०१८-१९ बार्सिलोना १२
क्रिस्टियानो रोनाल्डो २०१६-१७ रियल म्याड्रिड १२
क्रिस्टियानो रोनाल्डो २०१२-१३ रियल म्याड्रिड १२
लियोनेल मेस्सी २०१०-११ बार्सिलोना १२
१० रुड भान नेस्टलरोय २००२-०३ म्यानचेस्टर युनाइटेड १२

*जारी सिजन

Click to comment

Trending