Headline

चिनमा फुटबल म्याचमा दर्शकलाई प्रवेश दिइने

Published

on

चिनको प्रथम श्रेणीको फुटबल चाइनिज सुपर लिगले शनिबारको खेलका लागि सिमित संख्यामा दर्शकलाई प्रवेश दिने भएको छ ।

कोरोना भाइरको संक्रमण वुहानबाट शुरु भएयता बिश्वमै फैलिएपछि चाइनिज सुपर लिग खाली रँगशालामा सुचारु हुदै आएपनि दर्शकलाई प्रवेश भने दिइएको थिएन । चाइनिज सुपर लिग सुजोउ र दालियनमा तदस्थ आयोजना स्थलमा जुलाई २५ देखि जारी रहेको छ । लिग निर्धारित तालिका भन्दा पाँच महिना ढिलो शुरु भएको थियो ।

शनिबार उपाधिका दुई प्रमुख दावेदार सांघाई एसआईपिजी र बेइजिङ गुवानका बीच हुने प्रतिस्पर्धाका लागि दर्शक प्रवेश दिने तयारी लिगले गरिरहेको छ । दुवै क्लबका ५ सय समर्थक मैदान प्रवेश गर्न पाउनेछन् ।

बेइजिङ युथ डेलिले भनिएको संख्याका लागि सम्बन्धित निकायको स्वीकृति कुरिरहेको तर मैदानमा १९ सय दर्शकहरुलाई प्रवेश दिन सक्ने जनाएको छ । ती मध्ये दुई क्लबका समर्थक बाहेक कोरोना भाइरससँग लड्न खटिएका मेडिकल कर्मचारीहरु र भर्खरै चिनमा गएको भिषण बाढीमा खटिने कर्मचारीहरु पनि रहेका छन् ।

रँगशालामा जाने दर्शकहरुको कोरोना भाइरस नेगेटिभ रहेको प्रमाण पत्र लिएर जानुका साथै तय गरिएको स्वास्थ्य मापदण्ड अनुसार नै चल्नुपर्नेछ । संसारभर फुटबल प्रतिस्पर्धाहरु बन्द रँगशालामा सुचारु भइरहदा अब समर्थकहरुको सुरक्षा अपनाउदै दर्शकलाई प्रवेश दिने उपाय तर्फ सोच्न थालिएको छ ।

Click to comment

Trending