Headline

बायर्न म्युनिख च्याम्पियन्स लिगको फाइनलमा

Published

on

च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लब लायोनलाई ३-० गोल ले हराउदै जर्मन क्लब बायर्न म्युनिखले फाइनलमा स्थान बनाएको छ।

खेलमा पहिलो गोल बायर्नका लागि सर्जी नाब्रीले १८औँ मिनेटमा गरेका थिए। उनले डिबक्स बहिरबाट गरेको प्राहारलाई जाली चुमाएका थिए। दोस्रो गोल पनि नब्रीले नै गरेका थिए। उनले ३३ औँ मिनेटमा इभान पेरिसिकले दिएको पासलाई रोबर्ट लेवानडस्कीले गोल गर्न नसके पछी पाएको मौकालाई गोल गरेका थिए।

लायोनले खेलको पहिलेका केही मिनेटमा पाएको मौकालाई सदुपयोग गर्न सकेको थिएन। त्यही फाईदा उठाउदै पहिलो हाफमा बायर्नले २-० ले अग्रता लिएको थियो।

दोस्रो हाफमा बायर्नले एक गोल मात्र गरेको थियो। बायर्नका लागि खेलको तेस्रो गोल रोबर्ट लेवानडस्कीले गरेका थिए। उनले ८८ औँ मिनेटमा हेडिङ गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाएका थिए। लायोनले भने बायर्नसँग निकै प्रभावशाली खेल देखाएको थियो।

बायर्नले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनसँग पोर्चुगलको लिस्बन स्थित इस्टेडियाओ डा लुइज रंगशालामा २४ अगस्टमा फाइनल खेल्ने छ।

Click to comment

Trending