Headline

जमैकाको सहज जित, सन्दिपको नाममा एक विकेट 

Published

on

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत आफ्नो आफ्नो पहिलो खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित जमैका तल्वाजले सेन्ट लुसिया जुक्स माथि पाँच विकेटको सहज जित हात पारेको छ ।

सेन्ट लुसियाले दिएको १५९ रनको लक्ष्य पक्ष्याएको जमैकाले १८ दशमलब पाँच ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा लक्ष्य पार गरेको हो ।

जमैकाको जितमा पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका आसिफ अलीले अविजित रहँदै ४७ रन बनाए । खेलको म्यान अफ द म्याच घोषित उनले २७ बलको सामना गर्दै पाँच चौका र दुई छक्काप्रहार गरे ग्लेन फिलिप्सले पनि २९ बलमा ४४ रनको पारी खेले ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले रोस्टन चेजको अर्धशतकको मद्धतमा पुरै २० ओभर खेल्दै सात विकेटको नोक्सानीमा १५८ रन बनायो ।

मुजिब उर रहमानको बलमा आउट हुनु अघि चेजले ४२ बलमा ५२ रन प्रहार गरे ।

जमैकाको तर्फबाट विरासामी पेरमुल र मुजिबले समान २-२ विकेट लिए भने सन्दिपले पनि आफ्नो नाममा एक विकेट लेखाउन सफल रहे । चार ओभर बलिङ गरेका सन्दिपले २३ रन खर्चिएर एक विकेट हात पारेका हुन् । सन्दिपले आफ्नो चौथों तथा अन्तिम ओभरको दोश्रो बलमा नाजिबुल्लाह ज़द्रानको विकेट लिएका हुन् । ठुलो सट खेल्ने प्रयासमा ज़द्रान कप्तान रोभम्यान पावेलको हातबाट क्याच भएका हुन् ।

Click to comment

Trending