राष्ट्रिय

क्यारेबियन प्रिमियर लिग : सन्दिपको टोली जमैकाको पहिलो खेल आज 

Published

on

नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने रहेको जमैका तलवाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) को आफ्नो पहिलो खेल आज खेल्ने छ । सेन्ट लुसिया जौक्स बिरुद्द हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।

सन्दिपलाई जमैकाले यस सिजन मार्की खेलाडीका रुपमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

२० बर्षे सन्दिपले सिपीएलको पहिलो दुई संस्करणमा बार्बेडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस पेट्रियट्सबाट खेलेका थिए । उनले सिपिएलमा अहिलेसम्म कुल १५ विकेट हात पारिसकेका छन् । नेपालबाट ट्वान्टी ट्वान्टीमा एक सय विकेटको आंकडा पार गर्ने सन्दिप पहिलो र हालसम्म एक मात्र खेलडी हुन् ।

सन्दिपले तलावाजमा आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, रोभमन पावेल, मुजिब उर रहमान र फिडेल एड्वार्ड्स जस्ता क्रिकेटरहरुसँग खेल्ने छन् । सन्दिपले आजको खेलमा मुजिबसँग मिलेर जमैकाको स्पिन आक्रमण सम्हाल्ने प्रवल सम्भावना छ ।

कोरोनाका कारण वेस्ट इन्डिज पुगे पछि १४ दिन क्वारेन्टाइनमा बस्न पर्ने भएका कारण सन्दिप अगस्ट एक तारिखमा वेस्ट इन्डिज पुगेका थिए ।

सन्दिपले सीपीएलको अघिल्लो सिजन लिएको सबै विकेटहरु को भिडियो हेर्नुहोस् ।

Click to comment

Trending