Headline

बलियो बायर्न विरुद्ध ‘जायन्ट किलर’ लायोन

Published

on

च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलमा बिहीवार राती जर्मन टोली बायर्न म्युनिख र फ्रेन्च टोली लायोन भिड्दै छन् ।

यि दुईको बिहिवार हुने खेल एक अर्काबीच नवौ भिडन्त हुने छ। पछिल्लो पटक लायोन र बायर्न २००९-१० मा  च्याम्पियन्स लिगको सेमिफाइनलमै भिडेका थिए ।

जर्मन बुन्डेसलिगा बिजेता बायर्न म्युनिखले क्वार्टर-फाइनलमा स्पेनिस महारथी बार्सिलोनालाई ८-२ को बिशाल अन्तरले पाखा लगाउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

लायोन उपाधि दावेदार मानिएको म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

बायर्नले च्याम्पियन्स लिग ईतिहासमै १२ औ पटक सेमिफाइनल खेल्दै छ जुन रियल म्याड्रिडको भन्दा मात्र एक सेमिफाइनल कम हो । लयमा रहेको बायर्नलाई बलियो टोली मानिएको छ। लगभग बायर्नले मैदानमा उतार्ने एघारै खेलाडी उच्च लयमा देखिन्छन् ।

सर्जी नाब्री, अल्फोन्सो डेभिस, जोशुवा किमिच र किङ्स्ले कोमान जस्ता युवा खेलाडी र रोबर्ट लेवानडोस्कीलाई रोक्न लायोनको डिफेन्सलाई गार्हो पर्ने देखिन्छ ।

तर लायोनलाई कम आक्न भने मिल्दैन । अन्तिम १६ मा अर्को दावेदार टोली युभेन्टसलाई पाखा लगाउदै क्वार्टर-फाइनलमा म्यानचेस्टर सिटीलाई पनि बिर्सनलायक हार दिएको लायोनलाई प्रतियोगिताको ‘जाएन्ट किलर’ मान्न सकिन्छ। यदी बायर्न पनि चाहिने भन्दा धेरै आत्मविश्वासका साथ लायोनलाई सजिलो टोली मान्दै भिड्ने हो भने बायर्नको पनि हालत युभेन्टस र सिटीको जस्तो होला भन्न सकिदैन।

लायोनका लागि उस्को कप्तान मेम्पिस डिपे र मिड्फिल्डर हौसिम अउरको खेल निकै महत्वपूर्ण हुने देखिन्छ्। फ्रेन्च लिग वानमा सातौ स्थानमा सिजन सक्काए पनि सिटी र युभेन्टस जस्तो ठुलो टोलीलाई हराएकोमा लायोनको प्रशंशा भएको थियो।

पोर्चुगलको लिस्बनमा हुने यो खेल नेपाली समय अनुसार राती १२:४५ मा सुरु हुने छ।

Click to comment

Trending