Headline

सेटियनको बर्खास्ती पछि बार्सिलोनाका नयाँ प्रशिक्षक बने रोनाल्ड कोमन

Published

on

बार्सिलोनाले आफ्नो पुर्व खेलाडी रोनाल्ड कोमनलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ। किके सेटियनलाई बर्खास्त गरेको दुई दिन नबित्दै बार्सिलोनाले कोमनलाई क्लबमा भित्र्याएको हो।

कोमनले बार्सिलोनाक लागि नेदरल्यान्ड्स राष्ट्रिय टोली छोडेका हुन्। ५७ बर्षिय कोमनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको दुई बर्ष बाकि रहेको  सम्झौतालाई त्यागी बार्सिलोनासँग २०२३ सम्मका लागि सम्झौता गरेका छन् ।

बार्सिलोना २००७-०८ देखी पहिलो पटक उपाधि बिहिन हुदा स्पेनिस ला लिगामा दोस्रो स्थानमा सिमित भएको थियो ।

च्याम्पियन्स लिगमा पनि जर्मन क्लब बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार बेहोरे पछि बार्सिलोनाले सेटियनलाई बर्खास्त गरेको थियो । ६१ बर्षिय सेटियनलाई बार्सिलोनाले सात महिना पनि नबित्दै बर्खास्त गरेको हो । सेटियनको बर्खास्ती पछी नै कोमन बार्सिलोनाका नयाँ प्रशिक्षक बन्ने हल्ला सुरु भएको थियो ।

कोमनले बार्सिलोनाका लागि १९८९ देखि १९९५ सम्म खेलेका थिए।

Click to comment

Trending