Headline

भारतीय क्लबमा अभिषेक रिजाल

Published

on

भारतीय दोस्रो डिभिजनको क्लब मोहम्मेदन स्पोर्टिङले नेपाली फर्वार्ड अभिषेक रिजाललाई भित्राएको छ।

अभिषेक र मोहम्मेदन स्पोर्टिङ बिच तीन बर्षको सम्झौता भएको छ।

अभिषेक रिजालले नेपालमा दुई वटा क्लबका लागि शहीद स्मारक ए डिभिजन खेलिसकेका छन्। उनले २०७५ को  लिगमा नेपाल पुलिस क्लब र २०७६ को लिगमा केही खेल मच्छिन्द्र क्लबबाट खेलेका थिए। अभिषेकले नेपाली लिग नसकिदै माल्दिभ्सको दोस्रो डिभिजनको लिग खेल्न गएका थिए।

क्लब र खेलाडीले सम्झौता रकम भने खुलाएका छैनन्।

Click to comment

Trending