Headline

मार्सेका चार खेलाडीमा कोरोना देखिए पछि लिग वानका खेलहरु स्थगित

Published

on

२०२०-२१ को फ्रेन्च लिग वान सिजनको उद्घाटन खेल अगाडि गरिएको परिक्षणमा चार खेलाडीलाई कोरोना भाईरस (कोभिड-१९) पोजेटिभ देखिए पछि लिगलाई स्थगित गरिएको छ।

लिग वानको शुरुवाती खेलमा मार्सेले शुक्रबार सेन्ट-इटिनेको समाना गर्ने तालिका रहेको थियो।

२०१२-२० को सिजन पनि कोरोना भाईरसका कारण अप्रिलमै सकाइएको थियो । अघ्घिलो सिजन १२ अंकको अग्रता भएको पेरिस सेन्ट जर्माइनलाई लिग वानको उपाधी दिइएको थियो।

मार्से र सेन्ट-इटिनेको खेल हालका लागि स्थगित हुँदै सेप्टेम्बर १६ वा १७ मा हुने छ ।

फ्रान्सेली लिग कमिटीले गत हप्ता मात्रै क्लबहरुलाई कोरोना भाइरस विरुद्धको प्रोटोकोलमा क्लबमा तीन भन्दा बढी पोजेटिभ केसहरु देखिए खेल स्थगित हुने बताइसकेको थियो।

मार्सेले गत हप्ता मात्रै पूर्व एस्टन भिल्ला डिफेन्डर जोर्डन अमावीको नतिजा पोजेटिभ आएको बाताएको थियो । त्यस्को एक हप्ता पछि फेरी अन्य तीन खेलाडीलाई कोरोना भाईरस पोजेटिभ भएको क्लबले बताएको हो।

Click to comment

Trending