Headline

म आज रात भरि सुत्न सक्दिनः एन्जल डि मारिया

Published

on

पेरिस सेन्ट जर्माइन (पिएसजी) का अर्जेन्टाइन मिडफिल्डर एन्जेल डि मारियाले च्याम्पियन्स लिग सेमिफाइनलमा आरबी लाइपजिगबिरुद्ध गोल गरेपछि अब आफू सत्न नसक्ने बताएका छन् ।

पिएसजीले लाइपजिगलाई ३–० ले पराजित गर्दा डि मारियाले दोश्रो गोल गरेका थिए । फ्रेञ्च लिग वान च्याम्पियनका लागि मार्किन्होस र हुवान बर्नाटले गोल गरेपछि पिएसजी इतिहासमै पहिलो पटक युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो ।

पोर्चुगलको राजधानी लिस्बनमै हुने फाइनलमा पिएसजीले अब कि त बायर्न म्युनिख अथवा फ्रान्सकै लायोनको सामना गर्नेछ । “फाइनल दिमाग खेल्ने भएकाले अब मलाई आज राती सुत्न निकै कठिन हुनेछ,” डि मारियाले भने ।

“हामी निकै खुशी छौं । टिमको रुपमा नै निकै राम्रो खेल्दै हामी पहिलो पटक पिएसजीलाई फाइनलमा पुर्याउन सफल भएका छौं । अब फाइनल हाम्रो लागि निकै महत्वपूर्ण रहेको छ र यदि यसरी नै खेल्ने हो भने उपाधि पनि जित्ने छौं,” उनले भने । सेमिफाइनलमा दुई–दुई वटा फ्रेञ्च लिव वान र जर्मन बुन्डेसलिगाका टोली रहेकाले प्रतिस्पर्धा कति स्तरीय रहेको स्पष्ट भएको डि मारिया बताउछन् ।

“हामीले फ्रेञ्च र जर्मन लिग अन्य लिगहरुकै तुलनामा कति स्तरीय रहेको स्पष्ट बनाइसकेका छौं । हामीले जे गरिरहेका छौं त्यसलाई निरन्तरता दिन आवश्यक छ,” उनले भने । २०१४ मा रियल म्याड्रिडसँग पोर्चुगलमै च्याम्पियन्स लिग जितेका डि मारियाले पिएसजीको अहिलेको टोलीलाई स्पेनिस महारथीसँग तुलना गर्न समेत भ्याएका थिए ।

Click to comment

Trending