Headline

ईतिहास रच्दै पिएसजी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

Published

on

जर्मन क्लब आरबी लाइपजिगलाई ३-० गोल ले हराउदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन  (पिएसजी) ईतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।

खेलमा पहिलो गोल पिएसजीका लागि १३ औँ मिनेटमा मर्किनियोसले गरेका थिए। उनले एन्जल डी मरियाको फ्रिकिकमा पाएको क्रसलाई जाली चुमाएका थिए। दोस्रो गोल भने ४२ औँ मिनेटमा लाइपजिगका गोलरक्षक गुलाक्सी गरेको गल्तीको फाईदा उठाउदै नेमारको पासमा एन्जल डि मरियाले गरेका थिए। पहिलो हाफमा पाएको केही मौकालाई लाइपजिगले सदुपायोग गर्न सकेको थिएन।

दोस्रो हाफको सुरुको केही मिनेट सुधारिएको प्रदर्शन गरे पनि लाइपजिगले गोल भने गर्न सकेन । लाइपजिगले दोस्रो हाफमा लय समाउन नपाउदै तेस्रो गोल खान पुग्यो । लाइपजिगले तेस्रो गोल पनि डिफेन्डरका गल्तीका कारण खाएको थियो। पिएसजीका लागि तेस्रो गोल ५६ औँ मिनेटमा जुवान बेर्नट भेलास्कोले गरेका थिए। उनले डि मरियाको पासमा हेडिङ गर्दै गोल गरेका थिए ।

पिएसजीले बिहीवार हुने बायर्न म्युनिख र लायोन विरुद्धको खेलको बिजेतासँग २४ अगस्टमा पोर्चुगलको लिस्बनमा रहेको इस्टेडियाओ डा लुइज  रंगशालामा फाइनल खेल छ।

Click to comment

Trending