Headline

पल्सर स्पोर्ट्स अवार्ड दशै अघि गर्ने तयारी

Published

on

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले यो बर्षको पल्सर स्पोर्ट्स अवार्ड दशै अघि गर्ने तयारी थालेको छ ।

नेपाली खेल पत्रकारहरुको छाता सँगठन मञ्चको मङ्गलवार बसेको केन्द्रिय कार्यसमिति बैठकले दशै अघि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रम आयोजना गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको हो । अवार्ड कोरोना भाइरसको संक्रमणको कारण रोकिएको थियो ।

यस्तै बैठकले एनएसजेएफ एकेडेमीले तयार पारेको बार्षिक क्यालेन्डर २०७७ लाई पनि स्विकृत गरेको छ । कोभिड–१९ बाट परिस्थिती अनुकुल रहेमा एकेडेमीले यस बर्ष कम्तिमा ७ कार्यक्रमलाई सञ्चालन गर्ने मञ्चले जानकारी दिएको छ ।

अवार्डका लागि मञ्चले ६ वटा समिति गठन गर्दै संयोजक तोकेको छ । खेलाडी छनोट समितिको संयोजकमा सचिव गोबिन्द रेग्मी, समारोह समितिमा उपाध्यक्ष निरञ्जन अधिकारी, सचिवालय समितिमा उपाध्यक्ष धुव्र तुलाधर, आर्थिक समितिमा कोषाध्यक्ष अन्जन खड्का, प्रचार–प्रसार समितिमा प्रवक्ता हिम बिक्रम केसी र ब्यवस्थापन समितिको संयोजकमा कार्यसमिति सदस्य सुजन श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

Click to comment

Trending