राष्ट्रिय

सेति ओपीमा नयाँ कार्य समिति

Published

on

कोटेश्वरको सेति ओपी युवा क्लबमा श्रीकृष्ण तन्डुकारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको बार्षिक साधारण सभाबाट ९ सदस्यीय कार्य समिति निर्वाचित भएको हो । नयाँ कार्यसमितिमा उपाध्यक्ष सुमित भट्टराई, सचिव सुधिर भट्टराई र कोषाध्यक्ष सन्तोष बस्नेत रहेका छन् । यस्तै सदस्यहरुमा सरोज कार्की, महेश कार्की, इन्द्र बहादुर कार्की र दिनेश केसी रहेका छन् ।

सेति ओपी लामो समयदेखि कोटेश्वरमा कृयाशिल क्लब हो । यसले सामाजिक कार्यहरु सञ्चालन गर्नुका साथै खेलकुद गतिविधिहरुमा सकृय रहदै आएको छ । लकडाउनकै समयमा सेतिओपीले लगभग ११ सय जनालाई निशल्क खाना खुवाएको थियो ।

Click to comment

Trending