IPL

आईपीएलको मुख्य प्रायोजक ड्रिम ११ 

Published

on

१३औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) को मुख्य प्रायोजक ड्रिम ११ हुने भएको छ ।

भारतीय संचारमाध्यहरुले जनाए अनुसार भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले यस सिजनको लागि ड्रिम ११ लाई दुई सय २२ करोड भारतीय रुपैयाँमा मुख्य प्रायोजकका रुपमा चुनेको हो ।

भारत र चीन बढ्दै गएको विवादका कारण भारतमा चीन विरोधी भावना बढेको भन्दै आईपीएलको मुख्य प्रायोजकबाट चाइनिज मोबाइल भिभो पछि हटेको थियो । गत जुनमा भारत र चीन बीच सीमामा विवाद बढ्दै गए पछि झडप भएको थियो जसमा २० भारतीय सैनिकको मृत्यु पनि भएको थियो ।

सन् २०१५ को आईपीएलबाट भिभो भारतीय क्रिकेट बोर्डसँग जोडिएको हो । सुरुमा दुई वर्ष मुख्य प्रायोजक रहेको भिभोले २०१७ को सिजन पछि सन् २०१८ देखि सन् २०२२ सम्मका लागि पाँच वर्षको सम्झौता गरेको थियो । जसको रकम तीन सय ४१ मिलियन डलर रहेको थियो ।

आईपीएलको मुख्य प्रायोजक बन्नका लागि पतंजली, जियो, एमेजन, टाटा ग्रुपर ब्य्जु’ज जस्ता कम्पनीहरु पनि मुख्य प्रायोजक बन्ने होडमा रहेका थिए ।

Click to comment

Trending