IPL

दिल्लीले वक्सको स्थानमा नोर्टजेलाई भित्रायो

Published

on

दिल्ली क्यापिटल्सले इन्डियन प्रिमिएर लिग (आईपीएल) को १३ औं संस्करणका लागि दक्षिण अफ्रिकाका तिब्र गतिका बलर इन्रिच नोर्टजेलाई भित्राएको छ ।

दिल्लीले इंग्ल्यान्डका अलराउण्डर क्रिस वक्सको स्थानमा नोर्टजेलाई अनुबन्ध गरेको हो । वक्सले आगमी सिजनका लागि तयारी गर्ने भन्दै आफ्नो नाम आईपीएलबाट फिर्ता लिएका थिए । तर आईपीएलको मिति सरे पनि उनी नखेल्ने भएका हुन् ।

नोर्टजेलाई सन् २०१९ को सिजनमा कोलकत्ता नाइट राईडर्सले अनुबन्ध गरेको थियो तर काँधमा लागेको चोटका कारण डेब्यु पनि गर्न पाएनन् ।

‘दिल्लीसँग आबद्ध हुन पाएकोमा खुशी छु । दिल्ली टोलीमा अनुभबी र युवा खेलाडीहरुको मिश्रण भएको टोली हो । दिल्लीमा रहँदा धेरै सिक्ने मौका पाउनेमा आशावादी छु । मलाई आफ्नो टोलीमा समावेस गरेकोमा दिल्ली टोलीलाई धन्यवाद दिन चाहन्छु,’ नोर्टजेले भने ।

२६ बर्षिय नोर्टजेले सन् २०१९ मा भारत बिरुद्ध टेस्टमा दक्षिण अफ्रिकाको लागि डेब्यु गरेका थिए । उनले छ टेस्टमा १९ विकेट हात परेका छन् । त्यस्तै उनले सात एकदिवसीयमा १४ तथा तीन ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा दुई विकेट हात पारेका छन् ।

१३ औं संस्करणको आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म युएईमा सन्चाल हुनेछ ।

Click to comment

Trending