Headline

नेपालको सबै खेलकुद एक महिनाका लागि पुन ठप्प

Published

on

सरकारले साउन ६ गते लकडाउन पूर्ण रुपमा हटाएपछि केही राहत महसुस गरेको नेपाली खेलकुद एक पटक फेरि लकडाउनको शिकार भएको छ ।

पछिल्लो समय राजधानी काठमाडौं लगायता पुरै देशभरि संक्रमण फैलदै गर्दा नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषदले सम्पूर्ण खेलकुद गतिविधि अर्को एक महिनाको लागि बन्द गर्ने निर्णय गरेको छ । यद्दपि नेपाल सकरकारले लकडाउन नै नभनेपनि आकस्मिक बाहेकका सम्पुर्ण सेवाहरु ठप्प गरेको छ भने यातायातमा जोर बिजोरको नियम लागु गरेको छ ।

संक्रमणलाई मध्ये नजर गर्दै समुदाय स्तरमै नेतृत्व लिदै बन्द गर्ने काम भइरहेको छ भने यातायात सञ्चालन पनि निकै न्युन रहेको छ । यसअघि लकडाउन हटाइएसँगै केही खेलका खेलाडीहरु प्रशिक्षणमा फर्किसकेका थिए भने अन्य केही त्यसैको तयारीमा रहेका थिए ।

अखिल नेपाल फुटबल संघले यसअघि अक्टोबरका लागि तय भएको २०२२ बिश्वकप र २०२३ एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा हुने खेलहरुका लागि फुटबलरहरुलाई क्वारेन्टिनमा राख्दै पिसिआर परिक्षण समेत गरिसकेको थियो ।

तर बिश्वभर नै संक्रमण नथामिदा फिफा र एएफसीले नै सम्पूर्ण छनोट खेलहरु २०२१ का लागि स्थगित गरेपछि सबै खेलाडीहरुलाई घर फर्काइएको थियो । राखेपको नयाँ निर्णयपछि अब खेलाडीहरुको प्रशिक्षणमा पनि नराम्ररी प्रभाव पर्ने भएको छ ।

“हाल बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस काठमाण्डौं उपत्यका लगायत नेपालका बिभिन्न स्थानहरुमा ब्यापक रुपमा फैलिन गई जन स्वास्थ्यमा ठूलो समस्याका रुपमा देखा परेको हुँदा राष्ट्रिय खेलकुद परिषद्बाट सम्पादन गरिने अति जरुरी काम बाहेक हाललाई अर्को सुचना जारी नभएसम्मका लागि खेलकुद प्रतियोगिता, खेल प्रशिक्षण लगायत खेलकुद सम्बन्धी सम्पूर्ण गतिविधि तथा काम कारवाहीहरु बन्द गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” राखेपले एक प्रेस बिज्ञप्ति मार्फत भनेको छ ।

Click to comment

Trending