Headline

सिटीका सिल्भा दुई बर्षे सम्झौतामा रियल सोसिडाडमा

Published

on

स्पेनिस मिडफिल्डर डेभिड सिल्भाले म्यानचेस्टर सिटी छोडेपछि ला लिगा टोली रियल सोसिडाडसँग दुई बर्षको सम्झौता गरेका छन् ।

३४ बर्षिय सिल्भाले सिटीमा एक दशक बिताएका थिए भने प्रिमियर लिग क्लबका लागि अन्तिम खेल खेल्ने क्रममा शनिबारको च्याम्पियन्स लिग क्वार्टर–फाइनलमा लायोनसँग ३–१ ले पराजित हुदा सब्स्टिच्युटको रुपमा मैदान उत्रेका थिए । उनले अब सोसिडाडको टोलीसँग प्रि सिजन प्रशिक्षण शुरु गर्नेछन् ।

ला लिगाको २०२०–२१ को सिजन सेप्टेम्बर १२ देखि शुरु हुन गइरहेको छ । अघिल्लो सिजन छैटौं स्थानमा सक्काएको सोसिडाड युरोपा लिगका लागि छनोट भएको छ । म्यानचेस्टर सिटीसँग ११ घरेलु उपाधि जितेका सिल्भालाई प्रिमियर लिगको सबैभन्दा प्रभावकारी बिदेशी खेलाडीको रुपमा लिइने गरिन्छ ।

सिटीले उनको सम्मानमा अर्को बर्ष एउटा प्रतिमा खडा गर्न गइरहेको छ भने प्रशिक्षण मैदानको एक भागलाई उनको नाम पनि दिन गइरहेको छ । सिल्भा स्पेनको फुटबल इतिहासको चौथो सर्वाधिक गोलकर्ता हुन् भने सबैभन्दा बढी खेल खेल्नेमा पनि उनी छैटौं नम्बरमा रहेका छन् ।

उनले स्पेनका लागि २०१० को बिश्वकपसँगै २००८ र २०१२ को युरो कप पनि जितेका छन् ।

Click to comment

Trending