Headline

सख्तर दोनेस्कलाई हराउदै इन्टर मिलान युरोपाको फाइनलमा

Published

on

इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब सख्तर दोनेस्कलाई ५-० ले हराउदै युरोपा लिगको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

इन्टरका लागि पहिलो गोल लौराटो मार्टिनेजले १९ औँ मिनेटमा  गरेका थिए। पहिलो हाफमा एक गोल मात्र भएको खेलमा दोस्रो हाफमा भने चार गोल भएका थिए। खेलमा दोस्रो गोल भने इन्टरका लागि ६४ औँ मिनेटमा डानिलो अंब्रोसियोले गरेका थिए।

इन्टरका लागि तेस्रो गोल मार्टिनेजले ४७ औँ मिनेटमा गरेका थिए। चौँथो र पाँचौ गोल भने रोमेलु लुकाकुले ७८ र ८३ औँ मिनेटमा गरेका थिए।

जितसंगै इन्टर मिलान सन्  २०१० पछी पहिलो पटक युरोपियन फाइनलमा प्रवेश गरेको छ। इन्टरले शनिबार हुने फाइनलमा स्पेनिस क्लब सेभियाको समाना गर्ने छ।

Click to comment

Trending