Headline

इन्टर युरोपा लिगको फाइनलका लागि सख्तरसँग भिड्दै

Published

on

युरोपा लिग अन्तर्गतको दोस्रो सेमिफाइनलमा मंगलवार इटालियन क्लब इन्टर मिलानले युक्रेनको सख्तर दोनेस्कको समाना गर्न गइरहेको छ ।

इटालियन सिरी आ को शिर्ष स्थानबाट एक अंकले मात्र चुकेको इन्टरले २०१०–११ पछी आफ्नो पहिलो युरोपियन प्रतियोगिताको सेमिफाइनल खेल्दै छ । एन्टोनियो कोन्टेको आगमनपछि नयाँ खेलाडीहरु भित्र्याउदै सिरी आ मा राम्रो प्रदर्शन गरेको इन्टरका लागि युरोपा लिग आफ्नो पुनरागमनलाई साबित गर्ने निकै महत्वपूर्ण प्रतियोगिता हो ।

क्वार्टर–फाइनलमा जर्मनीको बायर लेभरकुसनलाई २–१ ले हराउदै सेमिफाइनलमा स्थान बनाएको इन्टरलाई उपाधिको प्रमुख दावेदारको रुपमा हेरिएको छ ।

सख्तर दोनेस्क भने बासेललाई ४–१ ले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो । युक्रेनको सख्तर २०१३ पछि पहिलो पटक सेमिफाइनल खेल्दै छ । बिजेताले सेभियासँग फाइनल खेल्नेछ । सेभियाले आइतबार राति भएको पहिलो सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडलाई हराएको थियो ।

जर्मनीमा हुने खेल नेपाली समय अनुसार राती १२ः४५ मा हुने छ ।

Click to comment

Trending