Headline

बार्साद्वारा प्रशिक्षक सेटियन बर्खास्त, कोमन मुख्य दाबेदार

Published

on

बार्सिलोनालाई यो सिजन एउटा ट्रफि पनि जिताउन नसकेपछि क्लबे प्रशिक्षक किके सेटियनलाई बर्खास्त गरेको छ ।

स्पेनिस ला लिगा र कोपा डेल रे गुमाएको बार्सिलोना शुक्रबार च्याम्पियन्स लिगको क्वार्टर–फाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद पराजय बेहोर्दै बाहिरिएको थियो । ६१ बर्षिय सेटियन जनवरीमा अर्नेस्टो भाल्भर्डेको स्थानमा आएका थिए ।

स्पेनका फुटबल बिज्ञ गुलेम बालागले सेटियनको स्थानमा अब नेदरल्याण्ड्स प्रशिक्षक रोनाल्ड कोमन आउनेछन् । बालागका अनुसार पुर्व टोटेन्ह्याम व्यवस्थापक मउरिसियो पोचेटिनोसँग क्लबले छलफल गरेपनि बार्साको जागिरको मुख्य उम्मेदवार कोमन नै रहेका छन् । कोमन पुर्व बार्सा खेलाडी पनि हुन् ।

कोमन हाल नेदरल्याण्ड्सका प्रशिक्षक रहेका छन्

“सोमबार हुने बोर्ड मिटिङ्गमा क्लबले प्रशिक्षक चुन्नुपर्नेछ किनभने अबको दुई हप्तामा नै प्रि सिजन शुरु हुन गइरहेको छ । यो कामका लागि कोमन नै उपयुक्त हुने क्लबले सोचेको छ । उनले जनवरीमा यो प्रस्ताव अस्विकार गरेका थिए तर अहिलेको परिस्थिति फरक छ । शायद त्यो समय उनको स्वास्थ्यलाई लिएर केही समस्या रहेको थियो । कोमन यस्तो नाम हुन् जसले सबैलाई खुशी राख्नेछ,” बालागले भने ।

फेब्रुवरी, २०१८ मा नेदरल्याण्ड्सको प्रशिक्षक नियुक्त भएका पुर्व एभर्टन र साउथ्याम्प्टन व्यवस्थापक कोमन मे महिनामा छातीको समस्याका कारण अस्पताल भर्ना गरिएको थियो तर अहिले उनी फिट रहेको बताउदै आइरहेका छ्न ।

नोभेम्बरमा टोटेन्ह्याममा पाँच बर्ष बिताएपछि बर्खास्त गरिएका पोचेटिनोलाई पनि बार्साको प्रशिक्षकको रुपमा जोडिएको छ । बार्साको स्थानीय प्रतिद्वन्दी इस्पान्योलमा खेलाडी र व्यवस्थापक रहिसकेका कारण पाचेटिनोको नियुक्तिलाई समर्थकहरुले स्वागत नगर्ने बालागले बताए ।

Click to comment

Trending