Headline

म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट बाहिरियो

Published

on

जर्मनीमा जारी युरोपा लिगमा म्यानचेस्टर युनाइटेडलाई २-१ ले हराउदै सेभिया  फाइनल प्रवेश गरेको छ।

युनाइटेडले खेलको ९ औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलमा अग्रता लिएको थियो। युनाइटेडका लागि ब्रुनो फर्नान्डेजले गोल गरेका थिए ।

खेललाई बराबरिमा ल्याउने क्रममा सेभियाका लागि २६ औ मिनेटमा सुसोले गोल गरेका थिए। सेभियाका लागि बिजयी गोल दोस्रो हाफको ७८ औँ मिनेटमा लुक डि यङले गरेका थिए ।

सेभियाले इन्टर मिलान र सख्तर दोनेस्क बिच हुने दोस्रो सेमिफाइनलको बिजेतासंग २२ अगस्टमा फाइनल खेल्ने छ।

Click to comment

Trending