Headline

केभिन डि ब्रुन प्रिमियर लिगको प्लेयर अफ द सिजन

Published

on

म्यानचेस्टर सिटीका केभिन डि ब्रुन इङ्गलिस प्रिमियर लिगको २०१९–२० को प्लेयर अफ द सिजन घोषित भएका छन् ।

बेल्जियन डि ब्रसनले यो सिजन २० असिस्ट र १३ गोल गरेका थिए । उनले आर्सनल तथा फ्रान्स लेजेण्ड थिएरी हेन्रीको असिस्टको किर्तिमानको बराबरी पनि गरेका थिए ।

गोल्डेन बुट जित्ने क्रममा डि ब्रुनले लिभरपुलका जोर्डन हेन्डरसन, सादियो माने र ट्रेन्ट एलेक्जेण्डर–आर्नोल्डसँगै साउथ्याम्प्टनका ड्यानी इंग्स, लेस्टर सिटीका जेमी भार्डी र बर्नली गोलकिपर निक पोपलाई पछि पारेका थिए ।

भार्डी प्रिमियर लिगका गोल्डेन बुट बिजेता हुन् । डि ब्रुनकै पुर्व टिममेट भिन्सेन्ट कोम्पानी र पुर्व चेल्सी विङ्गर एडिन हजार्ड यो उपाधि जित्ने अन्य दुई बेल्जियन हुन् ।

लिभरपुललाई तीन दशकपछि उपाधि जिताउने योर्गन क्लोप म्यानेजर अफ द सिजन भए । एलेक्जेण्डर–आर्नोल्ड युवा खेलाडीको पुरस्कारले सम्मानित भए भने टोटेन्ह्यामका सन हिउङ–मिनले बर्नलीबिरुद्ध गरेको गोल सिजनको उत्कृष्ट चुनिएको थियो ।

Click to comment

Trending