अन्तर्राष्ट्रिय

धोनी र रैना बीचको पाँच उत्कृस्ट शाझेदारी

Published

on

भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनी र उपकप्तान सुरेश रैनाले हिजो अन्तरास्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरे । धोनीले इन्स्टाग्राममा एक पोस्ट राख्दै आफ्नो सन्यास घोषणा गरेका थिए । तर त्यसको एक घण्टा पनि बित्न नपाउँदै रैनाले पनि धोनीको बाटो पछ्याउँदै इन्स्टाग्राम मार्फतनै सन्यासको घोषणा गरे

धोनीले पछिल्लो पटक इंग्ल्यान्ड र वेल्समा सम्पन्न भएको सन् २०१९ को विश्वकप अन्तर्गत न्युजिल्याण्ड विरुद्दको सेमीफाइनलमा भारतका लागि खेलेका थिए भने रैना सन् २०१८ पछि रास्ट्रिय टोलीमा स्थान बनाउन असमर्थ रहेका थिए ।

दुबै बीच मैदान बाहिर घनिष्ट मित्रता रहेको छ । धेरैले रैना राम्रो खेलाडी भएको तर धोनीका कारण भारतीय टोलीमा स्थान बनाउन सफल रहेको आरोप पनि लगाउने गर्दथे । तर मैदान बाहिर मात्र नभएर मैदान भित्र पनि दुईको तालमेल राम्रो हुने गर्दथ्यो भने दुई मिलेर आफ्नो टोली चेन्नाई सुपर किंग्स र भारतलाई धेरै पटक हारबाट जित तर्फ लागेका थिए ।

धोनी र रैनाले एकदिवसीयमा भारतको लागि ७३ पारीमा साझेदारी गर्दै ५६.९० को औषतमा ३५८५ रन बनाएका थिए ।

आज हामी धोनी र रैना बीचको पाँच उत्कृस्ट शाझेदारीको बारेमा चर्चा गर्दैछौं ।

५. ७१ रन, राजस्थान रोयल्स बिरुद्ध, सन् २००९

सन् २००८ को इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्स विरुद्दको खेलमा चेन्नाईले खराब सुरुवात गर्यो । चेन्नाईले १२ दशमलब पाँच ओभरमा ८८ रनमा चार विकेट गुमाएको अवस्थामा क्रिजमा रहेका रैनालाई साथ दिन धोनी आए । रैनाले एक एण्डबाट टिकेर खेले पनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेका थिएनन् ।

धोनी र रैनाले पाँचौं विकेटका लागि मात्र ४२ बलमा ७१ रनको शाझेदारी गर्दै चेन्नाईलाई १६४ को स्कोर सम्म पुर्याउन मद्दत गरे । रैनाले ५५ बलमा १० चौका र पाँच छक्काको मद्धतमा सर्वाधिक ९८ रन जोडे भने अविजित रहेका धोनीले १९ बलमा २२ रन प्रहार गरे ।

साबिक बिजेता राजस्थानले १९ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो र खेल ३८ रनले पराजित हुन पुग्यो ।

४. अविजित ८२, श्रीलंका विरुद्द, सन् २००५

धोनी र रैना बीच आफ्नो टोलीलाई जित दिलाउन मद्दत गरेको यो पहिलो साझेदारी हो । श्रीलंका विरुद्दको चौथों एकदिवसीय खेलमा भारतले २६२ रनको लक्ष्य पक्ष्याएको थियो । तर ३४ दशमलब तीन ओभरमा १८० रनको अवस्थामा भारतले छ विकेट गुमाइसकेको थियो ।

धोनी छैठौं तथा रैना आठौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । हार तर्फ उन्मुख भारतलाई धोनी र रैनाले सातौं विकेटका लागि ६८ बलमा अविजित ८२ रन जोड्दै जित दिलाए । धोनीले उक्त खेलमा ४३ बलमा ४५ तथा रैनाले ३० बलमा ३९ रनको पारी खेले ।

३. ११८ रन , इंग्ल्यान्ड विरुद्द। सन् २००६

सन् २००६ मा इंग्ल्यान्ड भ्रमणको दोश्रो एकदिवसीय खेलमा भारतले इंग्ल्यान्डले दिएको २२६ रनको मध्यम लक्ष्य पिछा गर्दै थियो तर २४ दशमलब एक ओभरमा ९२ रनको अवस्थामा आफ्नो महत्वपुर्ण पाँच विकेट गुमाइसकेको थियो ।

तर त्यस खेलमा पनि फेरी धोनी र रैनाको साझेदारीमा भारतले जित सुनिश्चित गर्यो । उनीहरुले छैठौं विकेटका लागि ११८ रन जोडे ।

रैना छैठौं तथा धोनी सातौं नम्बरमा ब्याटिङ गर्न आएका थिए । एक छोडबाट रैनाले आक्रमक पारी खेले भने अर्को छोडबाट धोनीले सम्हालिएर ब्याटिङ गरे । अविजित रहेका रैनाले ८९ बलमा ८१ रन जोडे भने सम्हालिएर ब्याटिङ गरेका धोनीले एन्ड्रयु फ्लिनटफको बलमा बोल्ड हुनु अघि ५५ बलमा ३८ रन जोडे ।

२. १०३ रन, वेस्ट इन्डिज बिरुद्ध, सन् २०११

एकदिवसीय र ट्वान्टी ट्वान्टीमा लामो समय भारतीय टोलीमा परेका रैना टेस्टमा भने लामो समय पर्न सकेनन् । सन् २०१० मा टेस्टमा डेब्यु गरेका उनले सन् २०१५ मा आफ्नो अन्तिम टेस्ट खेले ।

तर उनले महेन्द्र सिंह धोनीसँग टेस्टमा पनि भारतलाई टेस्ट जिताउन महत्वपुर्ण साझेदारी गरेका छन् ।

सन् २०११ मा भारतको वेस्ट इन्डिज भ्रमणका क्रममा दुई टेस्टको समाप्तीमा भारत १-० ले अघि रहेको थियो । अन्तिम टेस्टको पहिलो पारीमा वेस्ट इन्डिजले बनाएको २०४ रनको योगफल लिएर ब्याटिङमा आएको भारतले १७२ रनमा आफ्नो पाँच विकेट गुमाएको थियो ।

भारतलाई कम्तीमा पनि टेस्ट ड्र गर्दै शृंखला माथि कब्जा जमाउनका लागि एउटा राम्रो साझेदारीको जरुरत थियो । त्यस अवस्थामा फेरी धोनी र रैनाले नायकको भूमिका खेले । रैनाले १०३ बलमा ५० तथा धोनीले १३३ बलमा ७४ जोड्दै छैठौं विकेटका लागि १०३ रनको साझेदारी गरे ।

उनीहरुको साझेदारीमा भारतले वेस्ट इन्डिज विरुद्द १४३ रनको अग्रता लिन सफल भयो । तेस्रो तथा अन्तिम टेस्ट बराबरीमा टुंगियो भने भारतले शृंखला १-० ले जित्यो ।

१. अविजित १९६ रन, जिम्बाब्वे विरुद्द, सन् २०१५ को विश्वकप

धोनी र रैना बीचको सबैभन्दा उत्कृस्ट साझेदारी रहेको छ सन् २०१५ को विश्वकपमा जिम्बाब्वे बिरुद्धको खेलमा ।

ब्रेन्डन टेलरको १३८ रनको पारीमा जिम्बाब्वेले भारतलाई २८८ रनको लक्ष्य दियो । तर भारतले २२ दशमलब चार ओभरमा ९२ रनको अवस्थामा चार विकेट गुमायो । अक्ल्यान्डमा भएको खेलमा भारतलाई जितका लागि ठुलो साझेदारीको आवस्यकता रहेको थियो ।

धोनी र रैनाले १५७ बलमा अविजित १९६ रन जोड्दै भारतलाई छ विकेटको रोमान्चक जित दिलाए । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका रैनाले १०४ बलमा ११० रन जोडे भने छैठौं नम्बरमा ब्याटिङ धोनीले ७६ बलमा ८५ रनको पारी खेले ।

Click to comment

Trending