Headline

युरोपा लिग सेमिफाइनलमा युनाइटेडले सेभियाको समाना गर्दै

Published

on

जर्मनीमा जारी युरोपा लिग सेमिफाइनलमा इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब सेभियाको समाना गर्दै छ ।

पाँच पटकको युरोपा लिग बिजेता सेभिया युरोपाको राजाको उपनाम पाएको टोली हो । म्यानचेस्टर युनाइटेड २०१७ पछि आफ्नो पहिलो युरोपियन प्रतियोगिताको सेमिफाइनल खेल्दै छ । यो म्यानचेस्टर युनाइटेड र सेभिया बिचको तेस्रो भिडन्त हुने छ ।

प्रिमियर लिगमा तेस्रो हुँदै सुधारिएको प्रदर्शन गरेको युनाइटेडका लागि मुख्य खेलाडी ब्रुनो फर्नान्डेज हुनेछन् । सेभिया भने स्पेनिस ला लिगामा चौथो हुँदै आफ्नो सिजन सक्काएको थियो । उसले अर्को सिजनको लागि च्याम्पियन्स लिगकै टिकट काटिसकेको छ ।

क्वार्टर–फाइनलमा अर्को इङ्गलिस क्लब उल्भ्सलाई १–० ले पाखा लगाउदै सेमिफाइनल प्रवेश गरेको सेभिया निकै बलियो टोली मानिएको छ । यसै सिजन सबै प्रतियोगितामा २१ पेनाल्टी पाएको युनाइटेडले क्वार्टर फाइनलमा पनि एफसी कोपनहेगनसँग पेनाल्टी मार्फत नै जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको थियो ।

सेभिया आफुले खेलेको २० नकआउट चरणबाट एक पटक २०१८–१९ को सिजनमा सेमिया प्रागसँग पराजित हुँदै बहिरिन पुगेको थियो । युनाइटेडका लागि भने यो खेल जित्दै आफ्नो गुम्दै गरेको विरासत जोगाउने मौका हुने छ ।

खेल नेपाली समय अनुसार राती १२ः४५ मा हुने छ ।

Click to comment

Trending