Headline

सिटिलाई हराउदै लायोन च्याम्पियन्स लिगको सेमिफाइनलमा

Published

on

च्याम्पियन्स लिग अन्तर्गतको चौँथो तथा अन्तिम क्वार्टर-फाइनलमा फ्रेन्च क्लब लायोनले उपाधी दावेदार मानिएको म्यानचेस्टर सिटीलाई ३-१ ले हराउदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ।

लायोनका लागि बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मोसा डेम्बेलेले दुई गोल गर्दै टोलीलाई सेमिफाइनलको स्थान पक्का गराएका थिए।

खेलमा लायोनका लागि म्याक्सवेल कोर्नेटले २४ औ मिनेटमा गोल गरेका थिए। सिटीले गरेको डिफेन्सिभ गल्तीको फाईदा उठाउदै लायोनले आग्रता लिएको थियो। सिटीका लागि बाराबरी गोल भने ६९ औ मिनेटमा केवेन डि ब्रुनले गरेका थिए। उनले रहिम स्टेर्लिङको पासमा गोल गर्दै खेललाई १-१ को बाराबरीमा ल्याएका थिए।

खेलमा लायोनका लागि दोस्रो गोल ७९ औ मिनेटमा डेम्बेलेले गरे  सिटीका गोलरक्षक एडरसनले ८७ औ मिनेटमा गरेको गल्तीको फाईदा उठाउदै डेम्बेलेले लायोनका लागि तेस्रो गोल गरे । लायोनले सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्ने छ।

Click to comment

Trending