अन्तर्राष्ट्रिय

धोनीको बाटो पछ्याउँदै रैना, लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

Published

on

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेको केही बेर पछि नै सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

३३ बर्षिया रैनाले पनि धोनीले जस्तै सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो सन्यासको घोषणा गरेका हुन् ।

रैनाले भारतको तर्फबाट १८ टेस्ट, २२६ एकदिवसीय र ७८ ट्वान्टी ट्वान्टी खेल्दै क्रमश सात सय ८६, पाँच हजार छ सय १५ तथा १६ सय पाँच रन बनाएका थिए ।

सन् २००५ मा श्रीलंका विरुद्ध एकदिवसीयमा डेब्यु गरेका रैनाले पछिल्लो पटक भारतीय जर्सीमा सन् २०१८ मा इंग्ल्यान्ड बिरुद्धको एकदिवसीय खेल खेलेका थिए । त्यस्तै उनी सन् २०१५ देखि टेस्ट टोलीमा पर्न असफल रहेका थिए भने २०१८ पछि ट्वान्टी ट्वान्टीमा पनि आफ्नो स्थान बनाउन सकेका थिएनन् ।

Click to comment

Trending