Headline

महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास 

Published

on

भारतीय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । 

३९ बर्षिया धोनी सन् २०१९ को विश्वकप पछि भारतीय क्रिकेट टोलीमा परेका थिएनन् । उनले केही समय क्रिकेटबाट विश्राम लिने भन्दै भारतीय सेनाको तालिम पनि लिएका थिए । उनले अब अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बारेमा धेरै नै चर्चा चलेको थियो । कोहीले अब यही समयमा उनले सन्यासको घोषणा गर्न पर्ने जनाएका थिए भने कोहीले अस्ट्रेलियामा आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप पछि मात्र सन्यास लिन पर्ने जनाएका थिए । धोनी आफैले भने सन्यासको बारेमा यस अघि केही पनि खुलाएका थिएनन् ।   

भारतलाई सन् २००७ को ट्वान्टी ट्वान्टी विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप तथा सन् २०१३ को च्याम्पियन्स ट्रफी दिलाउन सफल धोनी आईसीसीको सबै प्रतियोगिता दिलाउने एक मात्र कप्तान हुन् ।

सन् २००४ मा बंगलादेश विरुद्धको खेलबाट एकदिवसीयमा डेब्यु गरेका हुने ३५० खेल खेल्दै १० हजार सात सय ७३ रन बनाएका थिए । त्यस्तै उनले ९८ ट्वान्टी ट्वान्टीमा १६ सय १७ रन पनि आफ्नो नाममा लेखाएका थिए ।

सन् २००५ मा श्रीलंका विरुद्धको खेलबाट टेस्टमा डेब्यु गरेका उनले चार हजार आठ सय ७६ रन बनाएका थिए । उनले टेस्टबाट भने सन् २०१४ मा नै सन्यासको घोषणा गरेका थिए ।

  

 

Click to comment

Trending