Headline

बलियो सिटी विरुद्ध आशावादी लायोन

Published

on

च्याम्पियन्स लिगको चौँथो तथा अन्तिम क्वार्टर-फाइनलमाआइतवार राती इङलिस क्लब म्यानचेस्टर सिटीले फ्रेच क्लब लायोनको सामना गर्दै छ।

लायोनसँग भएको अहिले सम्मको भेटमा एक खेल पनि नजितेको सिटीलाई ईतिहास रच्ने नयाँ अवसर रहेको छ। गएका पाँच सिजन मध्ये चार सिजन च्याम्पियन्स लिगको क्वार्टर-फाइनलमा पुगेको सिटीलाई यो सिजन भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी लायोनको समाना गर्दैछ ।

रियल म्याड्रिडलाई हराउदै क्वार्टर-फाइनलमा पुगेको सिटीमा उच्च आत्मबिश्वास छ । सिटीको खेलाडी र खेल हेर्ने हो भने पनि लायोन भन्दा निकै राम्रो टोली मान्न सकिन्छ।

लायोन पनि इटालियन महारथी युभेन्टसलाई हराउदै क्वार्टर-फाइनलमा पुगेको टोली भएकाले कमजोर आक्न भने सकिदैन। अवे गोलको आधारमा युभेन्टसलाई हराउदै लायोन २००९-१० पछी पहिलो पटक क्वार्टर-फाइनलमा प्रवेश गरेको हो। युवा खेलाडीले भरिएको लायोनका लागि मुख्य खेलाडी  मेम्पिस डिपेको खेल निकै महत्वपूर्ण हुने छ।
सिटी तुलनात्मक रुपमा बलियो टोली भए पनि लायोन आफ्नो खेलमा उतिकै उत्कृष्ट रहेको छ। पोर्चुगलको लिस्बनमा हुने खेल नेपाली समय अनुसार राती १२:४५ मा सुरु हुने छ।

Click to comment

Trending