Headline

बायर्नले गर्यो बार्सिलोनालाई च्याम्पियन्स लिगबाट नमिठो बिदाइ

Published

on

उपाधि दावेदार मानिएको बार्सिलोनालाइ  ८ -२ ले हराउदै बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । यो बार्सिलोनाको युरोपियन प्रतियोगितामा इतिहासको सबै भन्दा ठुलो हार हो ।

खेलको पहिलो गोल बायर्नका लागि थोमस मुलरले चौँथो मिनेटमा गरेका थिए। रोबर्ट लेवानडोस्कीको पासमा मुलरले गोल गरेका थिए। बायर्नका डेभिड आलाबाले आत्मघाती गोल गरेपछि बार्साले खेलमा बराबरी गरेको थियो।

बायर्नका लागि दोस्रो गोल २२ औँ मिनेटमा इभान पेरिसिकले गरेका थिए। तेस्रो गोल सर्जी नाब्रीले २७ औँ मिनेटमा गरे । व्यक्तिगत दोस्रो र टोलीका लागि चौँथो गोल ३१ औँ मिनेटमा मुलरले गरेका थिए। लय गुमाएको बार्सिलोनालाई बायर्नले पहिलो हाफमा पूर्ण रुपमा दवावमा राखेको थियो।

दोस्रो हाफको ५७ औँ मिनेटमा बार्सिलोनाका लागि दोस्रो गोल लुइस स्वारेजले गरेका थिए। उनले गोल गर्दै खेललाइ ४-२ को अवस्थामा पुराएका थिए। तर  ६ मिनेट पनि बित्न नपाउदै बायर्नका लागि जोशुवा  किमिचले बायर्नका लागि पाचौँ  गोल गरेका थिए। बायर्नका लागि छैँठौ गोल लेवानडस्कीले ८२ औँ मिनेटमा गरेका थिए । सातौँ र आठौँ गोल वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका बार्सिलोनाका पुर्व खेलाडी  फिलिपे कौटिनिहोले ८५ औँ र ८९ औँ मिनेटमा गरेका थिए ।

बायर्नसँगको यो लज्जास्पद हार सँगै मेस्सी र बार्सिलोनाको यो सिजन च्याम्पियन्स लिग जित्ने सपना अधुरो भएको छ । 

Click to comment

Trending